IME Life

सिटिजन्स बैंकको साधारण सभा आज हुँदै, यस्ता छन् प्रस्ताव

SPIL
NIC ASIA

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चौधौं वार्षिक साधारण सभा आज हुँदैछ । बैंकको कार्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको चौधौं वार्षिक साधारण सभा बैंकको रजिष्टर्ड कार्यालय, दरबारमार्ग, काठमाडौँमा बिहान ११ बजेदेखि डिजिटल प्लाटफर्म मार्फत सञ्चालन हुने जनाएको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई ११ प्रतिशत लाभांश दिने भएको छ । सभामा सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार शेयरधनीहरूलाई ८ प्रतिशतका दरले हुन आउने बोनस शेयर र ३ प्रतिशतका दरले हुन आउने नगद लाभांश (कर समेत) वितरण गरिने विशेष प्रस्ताव पारित गरिनेछ ।

Prabhu
Crest

सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि मंसिर ११ गते बुक क्लोज गरेको थियो । त्यसैले, मंसिर १० गते, बुधबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS