IME Life

वित्तीय विवरणमा यस्तो देखिए १८ वटा निर्जिवन बीमा कम्पनी, कसको अवस्था कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । नेपालमा दर्ता भई नेप्सेमा सूचीकृत १८ वटा निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । नेपाल दर्ता नभएका दुई भारतीय कम्पनीका नेपालस्थित शाखा कार्यालयको विवरण आउन बाँकी छ ।

निर्जिवन बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार यस अवधिसम्ममा नाफाको आधारमा सबैभन्दा धेरै नाफा आर्जन गर्ने कम्पनी नेको इन्स्योरेन्स रहेको छ ।पहिलो त्रैमासको अवधिमा शिखर इनस्योरेन्स कम्पनीलाई उछिन्दै नाफामा नेको इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । यद्यपि बीमा शुल्क आम्दानी तथा चुक्ता पुँजि अन्य सूचांकमा भने शिखर इन्स्योरेन्स निकै अगाडि रहेको छ ।

Prabhu
Crest

प्रथम त्रैमासको अवधिमा चुक्ता पुँजीको आधारमा शिखर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । त्यस्तै, जगेडा कोष र बीमा कोषको आधारमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी अघि रहेको छ ।

चुक्ता पुँजीको आधारमा शिखर इन्स्योरेन्सको अग्रता कायमै

प्रथम त्रैमासमा निर्जिवन बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरणका अनुसार चुक्ता पुँजीको आधारमा शिखर इन्स्योरेन्सको अग्रता नै कायम रहेको छ ।
यसअवधिमा कम्पनीको चुक्ता पुँजी ३० प्रतिशत ले बढेर १ अर्ब ३७ करोड ४५ लाख र रुपैयाँ पुगेको छ । ११ कम्पनीको चुक्ता पुँजी गत वर्षको भन्दा बढेको छ ।

यसअवधिमा सबैभन्दा धेरै चुक्ता पुँजी बढाउनेमा युनाइटेड इन्स्योरेनस कम्पनी रहेको छ । कम्पनीले यसै वषर्मा २४० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो । गत वर्ष ३० करोड २४ लाख रहेको चुक्ता पुँजी यस वर्ष १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुगेको छ । ६ कम्पनीको चुक्ता पुँजी यथाव्त नै रहेको छ ।

जगेडा कोषमा राष्ट्रिय बीमा कम्पनी अगाडी

प्रथम त्रैमासको अवधिसम्ममा आइपुग्दा १३ कम्पनीको जगेडा कोष बढेको छ । सबैभन्दा धेरै जगेडा कोष राष्ट्रिय बीमा कम्पनीको रहेको छ ।
त्यस्तै गत आर्थिक बर्षको तुलनामा सबैभन्दा धेरै जगेडा कोष बढाउने कम्पनीमा अजोड इन्स्योरेन्स कम्पनी रहेको छ । यस अवधिमा कम्पनीको जगेडा कोष २८० दशमलव ५४ प्रतिशतले बढेर ६ करोड ९३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, चार कम्पनीको जगेडा कोष भने गत वर्षको भन्दा घटेको छ ।

अधिकांश कम्पनीको बीमा कोष बढ्यो

बीमा कपमीनहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार प्रथम त्रैमासको अवधिसम्ममा आइपुग्दा अधिंकाश निर्जिवन बीमा कम्पनीहरुको बीमा कोषको आकार वबढेको छ ।
प्रथम त्रैमासको अवधिसमममा सबैभन्दा धेरै बीमा कोष राष्ट्रिय बीमा कम्पनीको छ । यसको बीमा कोष २८ दशमलव ३२ प्रतिशतले बढेर २ अर्ब २७ करोड ५९ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

यसअवधिमा सबैभन्दा धेरै बीमा कोष बढ्ने कम्पनी अजोड इन्स्योरेन्स रहेको छ । कम्पनीकोे बीमा कोष १७४ दशमलव ५८ प्रतिशतले बढेर ८ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।

१५ कम्पनीको मुनाफा बढ्यो

प्रथम त्रैमासको अवधिसम्ममा आइपुग्दा नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये १५ कम्पनीको मुनाफा बढेको छ । हिमालयन जनरल र राष्ट्रिय बीमा कम्पनीको नाफा भने गत वर्षकोभन्दा घटेको छ । प्रथम त्रैमासको अवधिमा सबैभन्दा धेरै नाफा आर्जन गर्ने कम्पनी नेको इन्स्योरेनस बनेको छ।

यस अवधिमा कम्पनीको नाफा ६५ दशमलव २१ प्रतिशतले बढेर १२ करोड ४४ लाखरुपैयाँ पुगेको छ । यस अवधिमा शिखर इन्स्योरेन्सको नाफा १२ करोड २३ लाख रुपैयाँ छ ।
त्यस्तै, गत आर्थिक बर्षको तुलनामा सबैभन्दा धेरै नाफा आर्जन गर्ने कम्पनी अजोड इन्स्योरेन्स रहेको छ । यस अवधिमा कम्पनीको नाफा ५८० दशमलव४४ प्रतिशतले बढेर ५ करोड ३० लाख रुपैयाँ पुगेको छ ।

कुल बीमाशुल्क र खुद बीमाशुल्कको आधारमा

प्रथम त्रैमासको वित्तीय विवरणको आधारमा कुल बीमाशुल्क आर्जन र खुद बीमाशुल्क आर्जनमा शिखर इन्स्योरेन्स नै अगाडि रहेको छ ।

कम्पनीले प्रथम त्रैमासको अवधिसम्ममा कुल बीमाशुल्क आर्जनबाट ९० करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।त्यस्तै, कम्पनीले पुनर्बीमा वापतको रकम भुक्तानी गरेर खुद बीमाशुल्क आर्जन वापत ४३ अर्ब ४० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS