IME Life

हुम्ला विमानस्थलमा आलोलागी, एक प्रहरी घाइते

SPIL
NIC ASIA

काठमाडौं । आज विहान हुम्ला जिल्लाको सिमकोटमा रहेको विमानस्थलमा आगोलागी भएको छ । आगोलागीबाट विमानस्थल सुरक्षाको लागि बस्दै आएका सुरक्षाकर्मी बस्ने क्वाटरमा क्षति पुगेको छ । घट्नामा एक जना प्रहरी घाइते भएका छन् ।

बिहीबार बिहान पाँच बजेदेखि सुरु भएको आगलागी नियन्त्रणको लागि नजिकै रहेको सेना, सशस्त्र प्रहरी र प्रहरीसहित स्थानीयबासीको सहयोगमा दुई घण्टामा आगो नियन्त्रणमा आएको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीका अनुसार आगोलागीको कारण विमानस्थल र आसपासको क्षेत्रमा धुवाको मुस्लोले ढाकेको थियो । डिएसपी सुवेदीले विमानस्थलको सुरक्षाकर्मी बस्ने क्वाटरमा आगो लागेको र विमान उडान तथा अवतरण सम्बन्धी कुनै पनि उपकरणमा क्षति पुगेको छैन ।

Prabhu
Crest

विमानस्थलमा लागेको आगो निभाउन पानीको चरम अभाव भएको डिएसपी सुवेदीले बताए । उनका अनुसार वरपरका सबै पानी जमेर बरफ अवस्थामा भएकोले आगो निभाउने पानी नहुँदा निकै समय लग्यो ।

घट्नामा जिल्ला प्रहरी कार्यालय हुम्लाका कर्मचारी गणेश सुइयाल घाइते भएका छन् । उनको हातमा चोट लागेको र उपचार भैरहेको छ । सो विमानस्थलका कुनै पनि भवन तथा उपकरणहरु बीमा नगरिएकोले घट्नामा बीमा दावी पर्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS