IME Life

१२० प्रतिशत लाभांश वितरण गर्ने राष्ट्रिय बीमा कम्पनीको प्रस्ताव बीमा समितिबाट अस्वीकृत

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले स्थापना हुनु अघि आर्जित मुनाफाबाट १२० प्रतिशत लाभांश नयाँ कम्पनी सस्थापना भएपछिका शेयरधनीहरुलाई वितरण गर्ने प्रस्तावलाई बीमा समितिले अस्वीकृत गरेको छ । आर्थिक वर्ष २०६८।६९ सालको वार्षिक प्रतिवेदनमा राष्ट्रिय कम्पनीले १२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको थियो ।

सो प्रस्ताव बीमा समितिले अस्वीकार गरेपछि राष्ट्रिय बीमा कम्पनीले दोस्रो पटक प्रतिवेदन बीमा समितिमा पठाएको थियो । दोस्रो पटकको प्रतिवेदन बीमा समितिबाट स्वीकृत गरेको जनाइएको छ । । दोस्रो प्रतिवेदनमा लाभांश वितरण गर्ने विषय हटाइएको राष्ट्रिय बीमा कम्पनीका एक अधिकारीले बताए ।

Prabhu
Crest

बीमा समिति स्रोतका अनुसार राष्ट्रिय बीमा कम्पनीलाई बीमा समितिले नै १२० प्रतिशत लाभांश हटाएर प्रतिवेदन पेश गर्न निर्देशन दिएपछि पुनः दोस्रो पटक आर्थिक प्रतिवेदन पेश गरिएको थियो । राष्ट्रिय बीमा संस्थानमा हुँदा राष्ट्रिय बीमा कम्पनीले आर्जन गरेको मुनाफाबाट हाल कायम रहेका शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिएको थियो । सो प्रस्ताव हटाएपछि उक्त वित्तीय प्रतिवेदन बीमा समितिले स्वीकृत गरेको र अब आर्थिक वर्ष २०६९।०७० को प्रतिवेदन पेश गर्न निर्देशन दिइएको बीमा समितिले जनाएको छ ।

उक्त दुई आर्थिक वर्षको वित्तीय विवरण बीमा समितिबाट स्वीकृत भएपति कम्पनीको साधारणसभा हुने जनाइएको छ । बीमा संस्थानबाट छुट्टिएको राष्ट्रिय बीमा कम्पनीले बीमा संस्थानको साधारणसभा हुन नसकेका कारण कम्पनीको समेत साधारणसभा रोकिएको छ ।

राष्ट्रिय बीमा संस्थानमा हुँदा समेत छुट्टै कारोबार गर्दै आएको संस्थाले २०७१ सालमा नयाँ कम्पनीको रुपमा राष्ट्रिय बीमा कम्पनी संस्थापना गरिएको हो । नेपाल सरकार, सरकारको स्वामित्व रहेका कम्पनीहरु, तथा सर्वसाधारण समुहको शेयर लगानी रहेको छ । कम्पनीको कूल चुक्ता पुँजि २६ करोड ६६ लाख २६ हजार ५०० रुपैयाँ रहेको छ । बीमा समितिले भने पुरानो कम्पनी भएको र धेरै वर्षअघिको मुनाफा विभिन्न कारणले एकिन हुन नसकेकाले वितरण गर्नुअघि कम्पनीको पछिल्लो आर्थिक विवरण समेतबाट प्रमाणित गर्नुपर्ने अडान राख्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS