IME Life

बेलायतमा वर्किङ भिषा खुल्ला, नेपालीहरुले समेत आवेदन दिन पाउने

SPIL
NIC ASIA

काठमाडौं । युरोपियन युनियनबाट छुट्टिएको बेलायतले वर्किङ भिषामा विदेशबाट कामदार आफ्नो देशमा आउन पाउने गरी नयाँ व्यवस्था लागू गरेको । बेलायतको नयाँ व्यवस्था अनुसार नेपालीहरुले समेत अनलाईनबाट आवेदन दिएर वर्किङ भिषामा बेलायत जान पाउनेछन् ।

बेलायत सरकारले हिजो अर्थात डिसेम्बर १ तारिखदेखि अंकमा आधारित भिसा प्रणाली सुरु गरेको जनाएको छ । बेलायती समाचार संस्था बीबीसीका अनुसार बार्षिक २५ हजार ६०० पाउण्ड स्टर्लिङ न्यूनतम भन्दा माथिको जागिरको लागि भिषा आवेदन खुल्ला गरिएको हो । बेलायतले युरोपेली संघ (ईयू)बाट बाहिरिएपछि नेपालसहितका संसारभरिका क्षमतायुक्त तथा दक्ष कामदार भित्राउन नयाँ भिषा प्रणाली सुरु गरेको त्यहाँको सरकारी अधिकारीहरुलाई उध्रित गर्दै प्रकाशित समाचारमा उल्लेख छ ।

Prabhu
Crest

बेलायतमा कामका लागि जान चाहने विदेशी नागरिकहरुले १ डिसेम्बर २०२० देखि नै आवेदन दिन पाउने र आउँदो जनवरी १, २०२१ देखि बेलायतमा काम गर्नका लागि अनुमति दिइने बेलायत सरकारले जनाएको छ । अनलाइनबाट भिसा आवेदन गर्न सकिने छ । बीबीसीका अनुसार बेलायतमा कामका लागि जान चाहनेहरुले आफ्नो पहिचान प्रमाणित र कागजात उपलब्ध गराउनुपर्नेछ । आप्रवासी कामदारहरुले भिसाका लागि योग्य हुन कुल ७० अंक ल्याउनुपर्नेछ व्यवस्था गरिएको छ ।

बेलायत प्रवेशका लागि मान्यताप्राप्त रोजगारदाताबाट दक्ष सीपयुक्त जागिरको अफरले ४० अंक, अंग्रेजी भाषाबाट १० अंक र वार्षिक तलब कम्तीमा २५ हजार ६ सय हुँदा २० अंक प्राप्त गर्न सक्ने बेलायती इमिग्रेशनले जनाएको छ । बेलायतले वर्किङ भिसा आवेदन शुल्क ६१० देखि १ हजार ४ सय ८ पाउण्ड, हेल्थकेयर सरचार्ज ६२४ पाउण्ड (प्रतिवर्ष) र आफ्नो खर्चका लागि कम्तीमा एक हजार २ सय ७० पाउण्ड सञ्चित हुनुपर्ने व्यवस्था गरिएको छ ।

बेलायतमा जान चाहने सबै प्रक्रिया पूरा गरेपछि भिसाको निर्णय तीन साताभित्र दिइने र भिसा अवधि ५ वर्षसम्म हुने त्यहाँको सरकारले जनाएको छ ।

बेलायत सरकारले भिसाका अरु रुट पनि खुल्ला गरिएको जनाएको छ । इन्जिनियरिङ, विज्ञान, प्रविधि, मानवशास्त्र, मेडिसिन, कला र संस्कृतिका क्षेत्रमा असामान्य प्रतिभा भएका व्यक्तिलाई ग्लोबल ट्यालेन्ट भिसा र व्यवसायिक दक्षता एवं नयाँ सिजनात्मक सोच भएका व्यक्तिलाई इनोभेटर र स्टार्ट अप भिसा दिइने बेलायतले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS