IME Life

माउन्टेन इनर्जी आईपीओ बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट एक लाख ८३ हजारले पाए १० कित्ता शेयर

SPIL
NIC ASIA

काठमाडौं । माउन्टेन इनर्जीले निष्काशन गरेको आईपिओ बाँडफाँड सम्पन्न भएको छ । आज विहान बाँडफाँड गरिएको आईपिओमा एक लाख ८३ हजार २१ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । थप पाँच जनाले गोलाप्रथाबाट ११ कित्ताको दरले शेयर पाएका छन् ।

माउन्टेन इनर्जी नेपालले बिक्रीमा ल्याएको आईपीओ केहीबेरअघि बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको कार्यालय नरायणचौरमा कम्पनीको आईपीओ बाँडफाँड भएको कम्पनीले जनाएको छ । कूल ६ लाख ५३ हजार २ सय ९१ जनाले आवेदन दिएको आईपिओमा चार लाख ६८ हजार ५४९ जनाको हात खाली भएको छ । आवेदन दिएका मध्ये एक हजार सात सय १६ जनाको आवेदन रद्द भएको कम्पनीले जनाएकोछ ।

Prabhu
Crest

गत कार्तिक २६ गते देखि मंसिर २ गते सम्म जारी गरिएको आईपिओ कूल कुल १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेकोमा कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर १८ लाख ३० हजार २६५ कित्ता सर्वसाधारणको लागि वितरण गरिएको हो । कम्पनीले केहीबेरपछि नतिजा प्रकाशन गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS