IME Life

शेयर बजारमा धेरैको आँखा नपरेको तारागाँउ होटलका शेयरधनी यसरी बन्नसक्छन मालामाल

SPIL
NIC ASIA

अहिलेको शेयर बजारमा यस्ता कम्पनी पनि छन्, जसको शेयरमा धेरै लगानीकर्ताको आँखा पर्न सकेको छैन तर आगामी दिनहरुमा त्यसका शेयरधनी मालामाल बन्नसक्ने प्रचुर संभावनाहरु छन् ।

सरकारी स्वामित्व समेत रहेको तारागाँउ रिजेन्सी होटल यस्तै प्रचुर संभावना बोकेको कम्पनी हो, जसका शेयरधनीले आगामी दिनहरुमा उच्च प्रतिफल पाउनसक्छन् ।

Prabhu
Crest

तीन वटा होटल मध्ये कहाँ छ तारागाँउ ?

शेयरबजारमा हाल कारोबार भईरहेका होटलहरुको अबस्था दाँजेर हेर्दा यस्तो देखिन्छः


# गत बर्षको तेस्रो त्रैमासको विवरण हो । तारागाँउले गत बर्षको चौथो त्रैमास र यस बर्षको पहिलो त्रैमासको बित्तीय विवरण प्रकाशन गरेको छैन ।

हाल शेयर बजारमा सूचीकृत चार होटल मध्ये कारोबारमा रहेका तीन वटा होटलका बीचमा तारागाउँको अबस्थामा सुधार भईरहेकोे देखिन्छ । तै पनि अन्य होटलको तुलनामा संस्थागत सुशासन कमजोेर नै छ ।

तारागाँउ होटलको शेयर सबैभन्दा सस्तोे

तारागाउँ होटलको शेयर होटलहरु मध्येमा सबैभन्दा सस्तो छ । उ भन्दा ओरेन्टल होटलको शेयर मूल्य ५०० रुपैयाँ भन्दा माथि छ भने १० रुपैयाँ अंकित मूल्यको सोल्टी होटलको शेयर अहिले २०० रुपैयाँ भन्दा माथि छ । वास्तवमा १० रुपैयाँका हिसाबले गणना गर्ने हो भने सोल्टी होटलको शेयर मूल्य प्रतिकित्ता २००० रुपैयाँ भन्दा माथि पुगेको स्वतः स्पष्ट हुन्छ तर तारागाउँको शेयर मूल्य प्रतिकित्ता ३०० रुपैयाँ भन्दा पनि कम छ । यसरी तुलना गरेर हेर्दा तारागाँउको शेयर मूल्य सबैभन्दा सस्तो छ । तारागाँउको सम्पतिको वास्तविक मुल्यांकन हुने हो भने प्रतिशेयर नेटवर्थ ६०० रुपैयाँ भन्दा माथि हुने जानकारहरुको भनाई छ ।

तारागाँउ भित्र लुकेको रहस्य

तारागाँउ होटलको चुक्ता पूँजी एक अर्ब ८८ करोड भए पनि सर्बसाधारण समूहमा रहेको उसको शेयर संख्या ५६ लाख कित्ता हाराहारी मात्र छ । त्यो ५६ लाख कित्तामा पनि कतिपय बैंक तथा बित्तीय संस्थाको हिस्सेदारीमा रहेको शेयर हुँदा दोस्रो बजारमा किनबेचमा आउने शेयर २० लाख हाराहारीमा रहेको बताईन्छ । तर सोल्टी होटलको शेयर संख्या ८ करोड भन्दा बढी कित्ता हिसाब गर्ने हो भने तारागाँउको भन्दा बढी कित्ता दोेस्रो बजारमा छ ।

तारागाँउ होटलको वास्तविक सम्पतिको मूल्य १२ अर्ब भन्दा बढी रहेको बताईन्छ तर ओरेन्टल होटलको सम्पति तारागाँउको भन्दा निकै कम छ ।

तारागाँउ होेटलमा पकड कायम गरेका राधेश्याम सर्राफ र रामलाल श्रेष्ठ ( आईसीटीसी) समूहले विगतमा बदमासी गरेर ६ अर्ब भन्दा बढी नाफा विदेश लगेको प्रतिबेदन सरकारी स्वामित्वको तारागाउँ विकास समितिले तयार पारेको छ । विगतमा जालसाँचीपूर्ण रुपमा तारागाउँ विकास समितिको शेयरलाई ४० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारिएकोमा पनि छानविन चलिरहेको छ । यसमा संसदीय समिति र अख्तियारले समेत अध्ययन प्रतिबेदन तयार पारेका छन् भने पर्यटन मन्त्रालयले तारागाँउका सवालमा चाँडै निष्कर्ष निकाल्ने आशा गरिएको छ ।

केही समय अघि तारागाँउमा मजदुर तथा कर्मचारीले आन्दोलन गर्नुका साथै सरकारले समेत गहन छानविन थालेपछि तारागाँउको वास्तविक आम्दानी बाहिर आउँन थालेको छ । उसको प्रतिशेयर आम्दानीमा बृद्धि भएको देखाईनुले विगतदेखि हुँदै गरेका बदमासी र चुहावटहरु नियन्त्रण हुन थालेको आभाष हुन्छ ।

तीन सय रोपनी भन्दा बढी क्षेत्रफलमा फैलिएको तारागाँउ होटल पशुपति नाथ र बौद्धनाथका वीचमा रहेकाले भारतीय र चिनियाँ पर्यटकहरुको रोजाईमा पर्ने गर्छ । होटलले गर्ने करोडौंको आम्दानी पारदर्शी हुने हो भने आगामी दिनमा त्यसका शेयरधनी मालामाल हुने संभावना धेरै छ ।

सर्बसाधारणबाट संचालक निर्वाचन गर्नैपर्ने बाध्यता

तारागाँउ होटलमा धितोपत्र निश्काशन तथा सूचीकरण नियमावली अनुसार सर्बसाधारण शेयरधनीका तर्फबाट संचालक चयन गरिएको छैन । संस्थापक तारागाँउ विकास समितिका तर्फबाट हालै प्रतिनिधि पुनः समाबेश भए पनि सर्बसाधारण शेयरधनीका तर्फबाट अवको साधारणसभामा संचालक निर्वाचित गर्नुपर्ने बाध्यता छ । सर्बसाधारण शेयरधनीका तर्फबाट संचालक बन्न ठूलो रस्साकस्सी हुने हुँदा त्यसको शेयरमा आगामी दिनमा आकर्षण बढेर जानसक्छ ।

नयाँ आईपीओ आँउदा स्वतः महंगिन्छ अहिलेका होटलको शेयर

पर्यटन क्षेत्रबाट पनि साधारण शेयर निश्काशन गर्ने क्रम तीब्र बन्ने संकेत गर्दै चन्द्रागिरी हिल्सले १८ करोडको आईपीओ पुसको पहिलो सातादेखि बिक्रीमा ल्याउँदै छ । हालको शेयर बजारमा माग अत्यधिक रहेको अबस्थामा चन्द्रागिरीको शेयर दोस्रो बजारमा खोसाखास हुने र प्रतिकित्ता एक हजार रुपैयाँमा पनि पाउन मुस्किल पर्ने भयो भने अहिलेका तारागाँउ लगायतका होटलहरुको शेयरमा स्वतः खरिद चाप पर्नसक्छ । बर्षौ अगाडि स्थापना भएर लाभांश वितरण गर्दै आएका अहिलेका तीन वटा होटलहरुका शेयरधनीलाई आफ्नो शेयरको मूल्य बृद्धिमा नयाँ आईपीओले सहयोग गर्नसक्छन् । जसरी नयाँ बीमा कम्पनीका शेयरहरु दोस्रो बजारमा उच्च मूल्यमा कारोबार हुँदा पुराना कम्पनीहरुको शेयर मूल्य पनि बढे र हाईड्रो क्षेत्रमा पनि त्यही प्रबृत्ति देखियो । ््

कोरोना भ्याक्सिनपछि सबैभन्दा धेरै सुधार हुने भनेकै पर्यटन क्षेत्र

अहिले कोरोना संक्रमणले धेरै थलिएको मध्येमा पर्यटन तथा होटल क्षेत्र पर्छ । त्यस कारण पनि होटलहरुको शयर मूल्य तल्लो विन्दुमा रहेको छ । यही डिसेम्बर महिनामा विश्वमा कोरोना भ्याक्सिन लगाउने क्रम तीब्र भएपछि सबैभन्दा धेरै सुधार हुने भनेकै होटल तथा पर्यटन क्षेत्र हो । संक्रमणको कारणले आफ्नो घर र टोल भन्दा बाहिर जान नसकेकाहरु कोरोना खोप लगाएर घुम्न निस्कदा अभुतपूर्व बहार पर्यटन क्षेत्रमा आउँने आँकलन गरिएको छ । खास गरी भारत र चीनका पर्यटकहरु नेपाल भ्रमणमा आउँदा उनीहरु बास बस्ने भनेकै यस्तै होटलहरु हुन् । पर्यटकहरुको भीडले होटलमा कोठा नपाएर लाईन लाग्नुपर्ने अबस्था आउने संभावना छ । त्यसो हुँदा अहिलेका पाँच तारे होटलहरुको कोठा महंगिन गई आम्दानीी बढेर जान्छ । कोठाहरु शतप्रतिशत बुक भएपछि होटलहरुले राम्रो आम्दानी गर्न थाल्नेछन् । त्यसको कारणले अहिले शेयर बजारमा रहेका होटलहरुको प्रतिशेयर आम्दानी बढेर गई राम्रो लाभांश शेयरधनीको हातमा पर्ने आशा गर्न सकिन्छ ।

त्यस कारण पनि अहिले होटलहरुको शेयर मूल्य सस्तोे रहेको बेलामा आफुले चाहे जति उठाउने अवसर पनि यही हो । शेयरको मूल्य बढ्न थालेपछि तछाड मछाड गरेर किन्नु भन्दा धेरैको आँखा नपरेकोे बेलामा सस्तोमा शेयर उठाउनु बुद्धिमानी हो ।

(स्पष्टिकरणः यहाँ तथ्यमा आधारित आँकलन मात्र प्रस्तुत गरिएको हो, के कसरी लगानी गर्ने भन्ने कुरा लगानीकर्ता स्वयंको अध्ययन, विश्लेषण र लगानी कौशलमा निर्भर हुने कुरा हुन् । )

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS