IME Life

नेको इन्स्योरेन्स कम्पनीका अध्यक्षमा भट्टराई नियुक्त, शपथ ग्रहण अन्योलमा

SPIL
NIC ASIA

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको अध्यक्षमा रोहित कुमार भट्टराई नियुक्त भएका छन् । यसअघि सञ्चालक रहेका भट्टराईलाई हिजो बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा नियुक्त गरेको हो । नेको इन्स्योरेन्स कम्पनीका निवर्तमान अध्यक्ष रमेश कुमार निरौलालाई सिफारिस गर्ने कम्पनीले फिर्ता बोलाएकोले नयाँ अध्यक्ष चयन गरिएको कम्पनीले जनाएको छ ।

नेपाल सरकारका पूर्व प्रशासक समेत रहेका भट्टराई तीन वर्ष बीमा क्षेत्रमा अनुभवी व्यक्ति हुन् । बीमाको कानुनमा बीमा समितिका अध्यक्ष सामू शपथ ग्रहण गरेपछि मात्रै बीमा कम्पनीका अध्यक्षले औपचारिक रुपमा कार्यभार सम्हाल्न सक्ने व्यवस्था छ ।

Prabhu
Crest

हाल बीमा समितिका अध्यक्ष आगामी पुस २३ गतेसम्म विदामा छन् । वर्तमान अध्यक्षको पदावधी समेत सोही दिन सकिने हुँदा नयाँ अध्यक्ष नियुक्ती प्रक्रिया अघि बढेको छैन । बीमा समितिमा नयाँ अध्यक्ष नियुक्ती भएपछि वा बिदामा बसेका अध्यक्षलाई बोलाएर शपथ ग्रहण गराउने सम्बन्धमा कुनै निर्णय नभएको बीमा समितिले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS