IME Life

चार लघुवित्तको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्जमा चार लघुवित्त कम्पनीहरुको शेयर मूल्य समायोजन गरिएको छ । छिमेक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले वितरण गर्ने २२ प्रतिशत बोनस शेयरपछि शेयर मूल्य समायोजन भएको हो । कम्पनीको शेयर मूल्य १३८५ रुपैयाँबाट ११३५ रुपैयाँ कायम गरिएको हो ।

३० प्रतिशत बोनस शेयर दिने घोषणा गरेको वोमी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९१४ रुपैयाँ रहेकोमा बोनस शेयर वितरणपछि समायोजन भई ७०३ रुपैयाँमा कारोबार मूल्य तोकिएको छ । त्यस्तै, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले २७.४७ प्रतिशत बोनश दिने घोषणा गरेपछि शेयर मूल्य १७३२ रुपैयाँबाट १३५९ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

१९ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको स्पर्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य आज समायोजन भई ९७२ रुपैयाँबाट ८१३ रुपैयाँ कायम भएको छ ।

त्यस्तै फाईनान्स कम्पनी मन्जुश्रीको १८ प्रतिशत बोनस शेयर वितरण गर्नको लागि बुक क्लोजपछि शेयर मूल्य समायोजन गरिएको छ । प्रतिकित्ता ३७९ रुपैयाँ रहेको फाइनान्सको शेयर मूल्य ३२१ कायम गरिएको छ । ७.३७ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्सको शेयर मूल्य २०० रुपैयाँबाट १८६ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, ङादी ग्रुप पावर कम्पनीको शेयर मूल्य समायोजन गरिएको छ । १० प्रतिशत लाभांश वितरण गर्ने निर्णयसँगै बुक क्लोजपछि कम्पनीको शेयरमूल्य २४० बाट २१८ रुपैयाँ कायम गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS