IME Life

अर्को पुनर्बीमा कम्पनी दर्ता गर्न प्रक्रिया अघि बढाइयो, सबैले अनुमति पाए पुनर्बीमा कम्पनीको संख्या तीन पुग्ने

SPIL
NIC ASIA

काठमाडौं । अन्नपूर्णा रि इन्स्योरेन्स नामक पुनर्बीमा कम्पनी दर्ताको लागि विगत छ महिनादेखि अभ्यास भइरहँदा अर्को नयाँ पुनर्बीमा कम्पनी समेत दर्ता प्रक्रिया अघि बढाइएको छ । पुतलीसडकमा कार्यालय रहेको एक निर्जिवन बीमा कम्पनी दर्ता गर्न प्रयास गरेको समुहले जेन्युयन रि नामक पुनर्बीमा कम्पनी दर्ताको लागि प्रतिबद्धता माग्न सुरु गरेको छ ।

विभिन्न स्रोतहरुबाट प्राप्त जानकारी अनुसार अन्नपूर्णा रि इन्स्योरेन्ससँगै जेन्युयन रि इन्स्योरेन्स कम्पनी पनि दर्ता गर्न बीमा समितिभन्दा बाहिरै प्रक्रिया सुरु गरिएको छ । ‘कम्पनी दर्ताको लागि पूर्व तयारीका कामहरु भइरहेको छ ।’ जेन्यूयन रि कम्पनी संस्थापना गर्न लागेका एकजना सञ्चालकले भने ।

Prabhu
Crest

यसअघि पाँच वटा नयाँ कम्पनी दर्ता गर्ने सम्बन्धमा पोखरामा केही समय पहिले भेला आयोजना गरिएको थियो । सो भेलामा स्रोतका अनुसार प्रतिशेयर १० देखि २५ रुपैयाँसम्म दर्ता तथा पूर्व तयारी खर्च लाग्ने भन्दै रकम उठाउने विषयमा समेत छलफल भएको जनाइएको छ ।

बीमा समितिमा औपचारिक प्रक्रिया सुरु नगरिएको, हाल बीमा समितिमा सबै प्रकारका बीमा कम्पनीहरु दर्ता बन्द रहेको अवस्थामा नेपाल सरकारका निकाय भन्दा बाहिर भएका कार्यहरु ‘चलखेल’ मात्रै पनि हुनसक्ने जनाइएको छ । यद्यपि अन्नपूर्णा रि इन्स्योरेन्स नामक कम्पनी दर्ता गर्न नेपालको प्रशासनिक निकायदेखि सबैतिर लाईन मिलाइसकिएको जनाइएको छ ।

नयाँ कम्पनी दर्ता सम्बन्धमा बीमा समितिले औपचारिक रुपमा कुनै पनि प्रतिक्रिया दिएको छैन । विगतमा पनि नयाँ अध्यक्ष नियुक्तीको समयमा ठूलो संख्यामा नयाँ बीमा कम्पनी दर्ता भएकोले यस वर्ष पनि च्याँखे थाप्न त्यस्तो प्रयासहरु भएको हुनसक्ने विश्लेषण समेत गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS