IME Life

नेप्सेको डाटामा चलेखलमाथि निगरानी, व्यक्तिगत प्रयोगका तथ्याङ्क निःशुल्क, सिंगै तथ्याङ्क पैसा तिरेर किन्नुपर्ने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्जको तथ्याङ्क अनाधिकृत रुपमा लिएर आफुखुशी आफ्नो स्वार्थमा विश्लेषण गर्ने कार्य रोक्न नयाँ व्यवस्था गरिएको छ । नेपाल स्टक एक्सचेन्जले यही पुस १ गतेदेखि लागू गरेको तथ्याङ्क सम्बन्धी कार्यविधिमा व्यक्तिगत प्रयोगका कम्पनीगत तथ्याङ्कहरु निःशुल्क पाइने तर नेप्सेको तथ्याङ्कहरु लिएर व्यवसाय गर्ने सञ्चार माध्यमहरुलाई समेत शुल्कका दायरामा ल्याइएको छ ।

नयाँ व्यवस्थापछि तथ्याङ्क विश्लेषण गर्दा जथाभावी रोकिने नेप्सेले जनाएको छ । नेप्सेका कार्यकारी प्रमुख चन्द्र सिंह साउदले भने, ‘व्यक्तिगत प्रयोगका लागि कम्पनी विशेषका तथ्याङ्कहरुमा कुनै शुल्क लाग्दैन । वेभसाईटमा पनि तथ्याङ्क निःशुल्क रुपमा नै हेर्न पाइन्छ । तर, नेप्सेको तथ्याङ्क विश्लेषण गर्ने प्रयोजनका लागि भने शुल्क तोकिएको हो ।’

Prabhu
Crest

नेप्सेले तथ्याङ्क लिएर प्रकाशन गर्ने सञ्चार माध्यमहरुलाई समेत शुल्कका दायरामा ल्याएको छ । सो अनुसार मासिक न्यूनतम ५०० रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म शुल्क तोकिएको छ । सञ्चार माध्यमहरुले नेप्सेबाट तथ्याङ्क लिएर विश्लेणात्मक प्रयोजनको लागि ५०० रुपैयाँ देखि १० हजार रुपैयाँसम्म प्रति महिना शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । अहिले केही सञ्चार माध्यमहरुले मात्रै यस्तो व्यवस्था गरेका छन् । ति सञ्चार माध्यमहरुले नेप्सेबाट निःशुल्क तथ्याङ्क लिएर सेवाग्राहीलाई शुल्क लिएर तथ्याङ्क दिँदै आएका छन् ।

नयाँ व्यवस्था अनुसार नेप्सेले तथ्याङ्कको सही प्रयोग भए–नभएको नियमित अनुगमन गर्नेछ । गलत प्रयोग भएको पाइएमा जरिवना तोक्ने तथा दण्डित गर्ने व्यवस्था तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधिमा गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS