IME Life

पर्यटन प्रवद्र्धनका लागि बैंकक-लुम्बिनी सीधा हवाइ सम्पर्कमा चेम्बरको जोड

SPIL
NIC ASIA

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल र थाइल्याण्डबीच पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सहकार्यको आवश्यकतामा जोड दिएको छ । थाइल्याण्डको बैंकक र निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबीच सिधा उडान गरी पर्यटन र सांष्कृतिक विकासमा दुई मुलुक सँगै अगाडि बढ्नुपर्ने चेम्बरको धारणा छ ।

नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासफको सम्मानमा नेपाल चेम्बर अफ कमर्सले चेम्बर भवन कान्तिपथमा आयोजना गरेको स्वागत कार्यक्रममा अध्यक्ष राजेशकाजी श्रेष्ठले सिधा हवाई उडानमा जोड दिए । श्रेष्ठले नवनियुतm राजदूतको कार्यकालको सफलताको कामना गर्दै नेपाल थाइल्याण्डबीच बिद्यमान व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धनको सभावनालाइ उपयोग गर्न र वुद्धिष्ट सर्किट प्रवद्र्धनका लागि व्याङकक लुम्विनी वीच सीधा हवाइ सम्पर्कका लागि पहल गरिनु पर्ने धारणा राखे ।

Prabhu
Crest

अध्यक्ष श्रेष्ठले नेपालमा वैदेशिक लगानीको वातावरण बनेकाले ठूला पूर्वाधार निर्माणका ग्लोवल टेण्डरमा थाइ निर्माण कम्पनीहरुलाइ सहभागी गराउन आग्रह गरे ।  नेपालको पर्यटन, कृषी, तथा जडीवुटी उद्योग लगायतका क्षेत्रमा लगानीका लागि उपयुक्त हुन सक्ने उहाँंको भनाइ छ ।

थाइल्याण्ड वुद्धमार्गीहरुको मुलुक भएको उल्लेख गर्दै नेपाल र थाईल्याण्ड बिच वुद्धिष्ट सर्किटको माध्यमबाट नेपालमा थाइ पर्यटक आगमनको लागि थाइ पर्यटन वोर्डले उल्लेखनीय भूमिका निर्वाह गर्नसक्ने भएकाले यसको लागि पहल गरीदिन उहाँले आग्रह गरे ।

पूर्वी एशियाको उदीयमान अर्थतन्त्रको रुपमा थाईल्याण्डले आर्थिक बिकास तिव्र रुपमा गरिरहेकोमा अध्यक्ष श्रेष्ठले प्रशंसा गरे थाईल्याण्डले नेपालको कृषि पर्यटन, र व्यापारलाई आधुनिकीकरणमा उल्लेखनीय योगदान दिनसक्ने उहाँको भनाइ छ । कार्यक्रममा उपस्थित चेम्बरका पदाधिकारीहले नेपाली व्यवसायीहरुलाई भिसा प्रक्रियामा सरलीकरण तथा थाइल्याण्डबाट नेपालमा उच्च प्रविधियुक्त स्वास्थ्य क्षेत्रमा लगानीको लागि आग्रह गरेको थियो ।

थाईल्याण्डका राजदूत भोसिताले नेपाली व्यवसायी संस्थाहरुसँंग सहकार्य गरी दुवै देशको आर्थिक सम्वन्ध विस्तारका लागि पहलगर्ने बताउनु भयो । कोभिड महामारी समाप्तीपश्चात दुवै मुलुकका व्यापारिक प्रतिनिधि मण्डलहरुको पारस्पारिक व्यावसायीक भ्रमण हुनेमा आशान्वित रहेको बताउदैँ पर्यटन क्षेत्र बिस्तारका लागि वुद्धिष्ट सर्किटको अवधारणा तथा थाइल्याण्ड र लुम्विनी वीचको सीधा हवाई सम्पर्कलाइ सकारात्मक रुपमा लिएकोे बताउनु भयो । नेपाल र थाइल्याण्ड बीम्स्टेकको सदस्य राष्ट्र भएको दुइ मुलुकबीच आर्थिक सम्वन्ध बिस्तारका लागि प्रशस्त सम्भावना रहेको उहाँले बताए ।

स्वागत कार्यक्रममा नेपाल चेम्वरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल उपाध्यक्षद्वय कमलेशकुमार अग्रवाल, दिपककुमार मलहोत्रा एवं कार्य समितिका सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS