IME Life

२०२१ को एमडिआरटी कन्फ्रेन्स सिंगापुरमा हुने

SPIL
NIC ASIA

काठमाडौं । विश्वभरिका बीमा प्रोफेशनलहरुको साझा संस्था एमडिआरटीको आगामी सम्मेलन सिंगापुरमा हुने भएको छ । एमडिआरटीले सन् २०२१ मा हुने विश्व सम्मेलनको स्थान तथा मिति सार्वजनिक गरेको हो ।

एमडिआरटीले जनाए अनुसार सन् २०२१ को अगष्ट २९ देखि सेप्टेम्वर १ मा एसियाको सिंगापुरमा हुनेछ । एमडिआरटीले आगामी वर्ष हुने एमडिआरटी सम्मेलनको लागि सदस्यता आवेदन खुल्ला गरेको जनाएको छ । वर्षभरिमा तोकिएको बीमा शुल्क वा कमिशन प्राप्त गर्ने बीमा अभिकर्ताले मात्रै एमडिआरटी विश्व सम्मेलनमा भाग लिन पाउनेछन् ।

Prabhu
Crest

जीवन बीमा प्रोफेशनलहरुको अन्तर्राष्ट्रिय फोरम एमडिआरटीमा हरेक अंग्रेजी वर्ष जनवरी १ देखि डिसेम्वर अन्तिम ३१ सम्म तोकिएको बीमा शुल्क संकलन गर्ने अभिकर्ताहरु उक्त सम्मेलनमा भाग लिन पाउनेछन् । मिलियन डलर राउण्ड टेवल अर्थात एमडिआरटी नाम दिइएको सो सम्मेलन हरेक वर्ष फरक फरक देशमा कार्यक्रम आयोजना गरिन्छ । आगामी वर्ष सिंगापुरमा आयोजना गर्न लागिएको हो ।

अमेरिकाको चिकागोमा मुख्यालय रहेको एमडिआरटीमा क्वालिफाईड भई विश्व सम्मेलनमा सहभागी भएपछि उक्त व्यक्तिको कार्य क्षमता बृद्धि हुने छ भने अन्तर्राष्ट्रिय क्षेत्रमा अनुभवी व्यक्तिहरुसँगको सहकार्यले बीमा व्यवसायमा थप योगदान गर्न समक्ष हुने विश्वास छ । नेतृत्व विकास र क्षमता अभिबृद्धिका लागि एमडिआरटी उत्कृष्ट अन्तर्राष्ट्रिय प्लेटफर्म हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS