IME Life

बीमितहरुलाई उच्च प्रतिफल, स्तरीय सेवा र आर्थिक सुरक्षा प्रदान गर्न एलआईसी नेपाल प्रतिबद्ध छ: लक्ष्मी प्रसाद दास

SPIL
NIC ASIA

लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले २०७५ माघ १५ गते देखि प्रमुख कार्यकारी अधिकृतको रुपमा लक्ष्मी प्रसाद दासलाई नियुक्त गरेको थियो  । उनी कम्पनीको नवौ प्रमुख कार्यकारी अधिकृत हुन् । भारतको उडिसामा जन्मेका दासले एमबिएसम्मको अध्ययन पुरा गरेका छन् । एलआईसी अफ इण्डियामा सन् १९९२ मा अधिकृतस्तरबाट जीवन बीमा सेवामा प्रवेश गरेका दासले कम्पनीको प्रशासन, आईटी, मार्केटिङ्ग लगायत प्रायः सवै विभागमा काम गरी सकेका छन् । पछिल्लो समयमा उनी एलआईसी अफ इण्डियाको भुवनेश्वरमा सिनियर डिभिजनल म्यानेजरको रुपमा कार्यरत थिए । उनै दाससँग नेपालको बीमा क्षेत्रका बिषयमा इन्स्योरेन्स खबरकर्मीले गरेको कुराकानी:

विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड– १९ को सन्दर्भलाई एलआईसीले कसरी लिइरहेको छ ?
कोभिड १९ महामारीले विश्व अर्थतन्त्रलाई ठूलो क्षति पुर्यायो । नेपालको सामाजिक एवं आर्थिक क्षेत्रमा पनि नकरात्मक असर परेको छ । ग्राहकहरुको सबल आर्थिक हैसियत र सचेतनाबाट जीवन बीमाका पोलिसीहरु बिक्री हुन्छन् । हामीहरुले यस महामारीमा आफ्नो परिवारको आर्थिक सुरक्षा गर्न जरुरी छ भन्ने सन्देश आम ग्राहकहरुमा पुर्याइरहेका छौं । यस्तो विषम परिस्थिति पनि आ.ब. को प्रथम त्रैमासिक अवधिमा हामीहरुले राम्रै कार्य सम्पादन गर्न सक्यौं । पहिलो त्रैमासिक अवधिमा हामीले कूल बीमाशुल्क आर्जनमा ३९.७१ % को बृद्धि हासिल गरेका छौ ।

Prabhu
Crest

कोभिड–१९ का जीवन बीमा कम्पनीहरुको व्यवसाय औषत रुपमा नै बृद्धि भइरहेको पाइन्छ । यो महामारी जीवन बीमा व्यवसायको लागि एउटा अवसर मान्न सकिन्छ ?
म सधै विषम परिस्थितिमा पनि सफलता निकाल्न चाहने व्यवस्थापक हु“ । कोभिडका कारण लकडाउन हुदा“ पनि व्यवसायलाई विविध तरिकाबाट संचालित गरियो । हाम्रा एजेन्सी म्यानेजर, अभिकर्ता र कर्मचारीहरुले कार्यप्रति लगनशीलता प्रर्दशन गर्नुभयो । महामारीमा स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्बन गर्दै व्यवसायलाई निरन्तरता दिनुभयो । उहा“हरुले प्रविधिको सदुपयोग गर्दै भर्चुल बिधिबाट ग्राहकहरुस“ग सम्पर्कमा रही सेवा प्रदान गर्नुभयो । राम्ररी कार्य गर्नेको लागि महामारीमा जीवन व्यवसाय राम्रो गर्न सकिन्छ भन्ने प्रमाणित भएको छ ।

तपाईसँग भारतीय जीवन बीमा क्षेत्रमा लामो समय काम गरेको अनुभव छ, नेपाली जीवन बीमा व्यवसायमा काम गर्दा कस्तो अनुभूति भइरहेको छ ?
काम गराईको तरिका सवै स्थानमा एउटै हो । भारतमा एलआईसी जीवन बीमाको पर्यायबाची शब्द बनिसकेको छ । जीवन बीमा गर्ने कामलाई एलआईसी गर्ने भन्ने सोचाइ बनिसक्यो त्यहा“ । नेपालमा पनि एलआईसीको उपस्थिति भएको २० वर्ष भयो । नेपाली जनसमुदायको अपार भरोसा र विश्वास पाइसकेका छौ । आज देशभर ७८ शाखा कार्यालयमार्फत बीमा सेवा दिइरहेका छौ । काम गर्नमा कुनै कठिनाई भएको छैन ।

 

बहुराष्ट्रिय जीवन बीमा कम्पनीको मुख्य लगानीमा सञ्चालित कम्पनी हुनुको नाताले नेपालमा जीवन बीमा व्यवसाय विस्तारको सम्भावना र चुनौतिलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

जुनसुकै व्यवसायमा पनि संभावना र चुनौतिहरु भइहाल्छन् । एलआईसीले विश्वको २२ देशहरुमा सेवा विस्तार गरिसकेको छ । क्षेत्रफल र जनसंख्याको आधारमा नेपाल सानो राष्ट्र छ । हाम्रो उपस्थिति नेपालमा जीवन बीमा व्यवसायको दीर्घकालिन र दिगो विकासमा सहयोग गर्नु हो । हामीहरु सधैं स्थापित मान्यताहरुको आधारमा टेकेर कार्य गर्दछौ । संभावना भएर नै लगानीकर्ताहरुले १९ ओटा जीवन बीमा कम्पनीहरु खोलेका छन् । व्यवसायिक कार्यशैली, बीमा महत्वको सचेतना, दक्ष जनशक्ति निर्माण आजको चुनौति र आवश्यकता बनेको छ ।

नेपालमा धेरै वटा प्रतिस्पर्धी बीमा कम्पनीहरु छन्, एलआईसी नेपालमै जीवन बीमा किन गर्ने ?
जहाँबाट भएपनि जीवन बीमा गर्नु जरुरी छ । राम्रो सेवा दिने, प्रविधिको उच्च प्रयोग गरेर बीमा सेवा गर्ने, बीमितको लगानीमा उत्कृष्ट बोनस प्रतिफल दिने, न्युन बीमाशुल्कमा राम्रो विशेषताहरु भएको पोलिसी दिने कम्पनीमा ग्राहकले जीवन बीमा गराउनु पर्दछ । यी भनिएका कुराहरुमा एलआईसी नेपाल अब्बल छ ।

एलआईसी नेपाल जीवन बीमाको पहुँच बृद्धि गर्न के कस्ता योजनाहरुका साथमा अघि बढ्दैछ ?
बीमा पहुँच बृद्धिका लागि गत २ वर्षदेखि शाखा विस्तार र अभिकर्ता वृद्धिलाई विशेष प्राथमिकतामा राखियो । अहिले देशभर ७८ शाखाहरु संचालित छन् । लकडाउनमा भर्चुल विधिबाट अभिकर्ताहरुलाई प्रशिक्षित गरियो । हाल भर्चुल विधि र स्वास्थ्य मापदण्ड अपनाएर सेमिनार आयोजना गरी अभिकर्ताहरुलाई प्रशिक्षित गरिरहेका छौ ।

बजार हिस्साको आधारमा एलआईसी नेपाल दोस्रो स्थानमा छ, कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
कुल बीमाशुल्क आर्जनको आधारमा तपाईले भनेजस्तो दोस्रो स्थान भएता पनि सेवा र उत्कृष्ट बोनस प्रतिफल दिनेमा एलआईसी नेपाल प्रथम स्थानमा छ भन्ने लाग्दछ ।

बीमितलाई थप लाभ दिन तथा बोनसदर बृद्धि गर्ने के कस्ता योजनाहरु छन् ?
प्राय: ग्राहकहरुले १५ वर्ष अवधिको जीवन बीमा लिएको देखिन्छ । ५ देखि १५ वर्ष अवधिको जुनसुकै बीमा पोलिसीमा हामीले बीमितलाई रु. ६६ प्रति हजार प्रति वर्ष बीमांकमा बोनसदर दिईराखेका छौं जुन संभवत नेपालको जीवन बीमा उद्योग मै सवैभन्दा उच्च बोनसदर हो । जीवन आस्था नामक सिंगल प्रिमियम पोलिसीमा रु. ८५ प्रति हजार प्रति वर्ष बीमांकमा सुनिश्चित लाभ (बोनस) दिइरहेका छौ । हामी व्यवस्थापकीय खर्चलाई सधैं न्युन राखी बीमितलाई राम्रो प्रतिफल दिन प्रयासरत रहन्छौ ।

जीवन बीमामा अभिकर्ताको ठूलो महत्व हुन्छ, एलआईसी नेपालले आफ्ना अभिकर्ताहरुसँग कसरी सहकार्य गरिरहेको छ ?
हाम्रा प्रशिक्षित अभिकर्ताहरु एलआईसी नेपालको इन्स्योरेन्स कन्सल्टेन्ट एवं एडभाईजरहरु हुन् । कम्पनीको ग्राहकहरुस“ग उहा“हरुले उच्चस्तरको सम्बन्ध स्थापित गरी यस कम्पनीलाई उदाहरणीय बनाउन सफल हुनुभएको छ । व्यवस्थापन टिमले पनि उहा“हरुस“ग राम्रो समन्वय गरी कार्य गरिरहेको छ । हामीले हमेशा अभिकर्तालाई दक्ष बनाउन प्रशिक्षणमा जोड दिइरहेका छौ ।

एलआईसी नेपालले शेयरधनीलाई दिने लाभांश घटदै गएको देखिन्छ किन होला ?

शेयर लगानीकर्ताहरुलाई हामीले कहिले पनि हतास पारेका छैनौं । कम्पनीको विगत ५ आर्थिक वर्षको लाभांश वितरणलाई हेर्ने हो भने पनि त्यो पुष्टि हुन्छ, बृद्धि भइरहेकै छ । । शेयर बजारमा यस कम्पनीको अहिलेको शेयरमूल्यबाट पनि आम जनताहरुको आशा भरोशा हामीप्रति धेरै छ भन्ने देखाउछ ।

निकट भविष्यमा “न्यू जीवन तरंग ” नामको नयाँ बीमा पोलिसी वजारमा आउने सुनिन्छ, यो कस्तो योजना हो ?
यो चाडै बजारमा आउने कुरा सही हो । पहिले जीवन तरंग  नामको पेन्सन योजना बेचिरहेका थियौ । करिब १२ बर्षपछि त्यस योजनालाई समयानुकूल परिमार्जन एवं थप विशेषताहरु संलग्न गरी “न्यू जीवन तरंग ” योजना बनाइएको छ । पुरानो योजनाको विक्री रोकीसकेका छौ । अव ग्राहकहरुको लागि चाडै बजारमा यो योजना आउने छ ।

एलआईसी नेपालको सिईओको तर्फबाट आफ्ना बीमितहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?
एलआईसी नेपालमा बीमा गर्ने बीमितहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु । उहाँहरुलाई उच्च प्रतिफल, स्तरीय सेवा र आर्थिक सुरक्षा दिन सधैं लागिरहेको छु ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS