आजदेखि युनाईटेड इदी–मर्दीको शेयर कारोबार खुल्ने, ओपनिङ रेञ्च कति ?

काठमाडौं । आजदेखि युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको शेयर कारोबार खुल्ने भएको छ । कम्पनीले नेपाल स्टक एक्सचेन्जमा पौष ३ गते, कम्पनीको साधारण शेयर सूचिकृत भएसँगै आजबाट कम्पनीको शेयर कारोबार खुल्ने भएको हो ।

कम्पनीको ४२ लाख कित्ता साधारण शेयर (आइपिओ) धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भइसकेको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम ९८ रूपैयाँ ७९ पैसादेखि अधिकतम २९६ रूपैयाँ ३७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । शेयर कारोबार गर्नका UMRH संकेत प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार