आजदेखि दोस्रो बजारमा माउन्टेन इनर्जीको शेयर कारोबार खुल्ने, ओपनिङ रेञ्ज कति ?

काठमाडौं । धितोपत्र दोस्रो बजारमा आजबाट माउन्टेन इनर्जी नेपाल लिमिटेडको कारोबार खुल्ला हुने भएको छ । कम्पनीको हिजो नेप्सेमा शेयर सूचिकृत भएसँगै आजबाट उक्त कम्पनीको कारोबार खुल्ने भएको हो ।

हिजो कम्पनीको १ करोड ९६ लाख ८० हजार २ सय ७० कित्ता साधारण शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम ११४ रूपैयाँ ८१ पैसादेखि अधिकतम ३४४ रूपैयाँ ४३ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार