IME Life

बीमा समितिद्वारा कृषि बीमामा पुनर्संरचनाः कृषि बीमाको हिस्सा अनिवार्य पाँच प्रतिशत, छुट्टै अभिकर्ता, बीमा अस्वीकार गर्न नपाइने

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले आज जारी गरेको कृषि तथा पशुपंक्षी बीमा निर्देशिका २०७७ अनुसार चालु आर्थिक वर्षदेखि हरेक निर्जिवन बीमा कम्पनीहरुले बार्षिक कूल व्यवसायको पाँच प्रतिशत कृषि बीमा अनिवार्य गरिएको छ ।

नयाँ निर्देशिका मार्फत निर्जिवन बीमा कम्पनीहरुले बीमक कम्पनीहरुलाई कृषि बीमा बाध्यकारी बनाएको हो । निर्जिवन बीमा कम्पनीहरुले कृषि बीमातर्फ आकर्षित नभएपछि बीमा समितिले खुद बीमा शुल्कको पाँच प्रतिशत बीमा शुल्क कृषि बीमा बापत हुनुपर्ने व्यवस्था गरेको हो ।
बीमा समितिले आज जारी गरेको कृषि तथा पशुपंक्षी बीमाको लागि बनस्पति तथा जीवजन्तु बीमा गरी दुई भागमा बर्गीकरण गरेर बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । नयाँ व्यवस्था अनुसार छोटो अवधीको बीमालेखमाथि समयावधी बढाउन नपाइने व्यवस्था गरेको छ ।

Prabhu
Crest

नयाँ व्यवस्था अनुसार कृषि तथा पशुपंक्षी बीमा पोलिसी जारी गर्दा मोटामोटी वा अन्दाजी मूल्य राख्न नपाइने व्यवस्था नयाँ निर्देशिकामा उल्लेख गरिएको छ । नयाँ व्यवस्था अनुसार कृषि तथा पशुपंक्षी बीमा पोलिसी जारी गर्दा बीमा गरिएको सम्पत्तिको फोटो तथा भिडियो राख्नुपर्ने व्यवस्था गरेको छ ।

नयाँ व्यवस्था अनुसार बीमा अस्वीकार गर्न नपाइने, बिमाङ्क परिवर्तन गर्न नपाइने व्यवस्था गरिएको छ । उक्त व्यवस्थाले बीमा कम्पनीहरुमाथि कृषि बीमा गर्न बाध्यकारी बनाएको छ । यसअघि धेरै निर्जिवन बीमा कम्पनीहरुले कृषि तथा पशु बीमा अस्वीकार गर्ने गरेका गुनासोहरु आउने गरेका थिए ।

नयाँ व्यवस्था अनुसार कृषि तथा पुशपंक्षी बीमा गर्दा बीमा मध्यस्थकर्ताको व्यवस्था गरेको छ । त्यसैगरी, छुट्टै कृषि तथा पशुपंक्षी बीमा अभिकर्ता व्यवस्था गरेको छ । यसले ग्रामिण भागमा नयाँ थप रोजगारी सिर्जना गर्ने देखिएको छ । अभिकर्ताहरुलाई कूल बीमा शुल्कको १० प्रतिशत कमिशनको व्यवस्था गरिएको छ ।

त्यस्तै कृषि तथा पशुपंक्षी बीमाको लागि छुट्टै मूल्याङ्कनकर्ताको व्यवस्था समेत गरिएको छ । नयाँ व्यवस्था अनुसार यसअघि सर्भेयरले गर्ने काम पशु तथा बालीमा पुगेको क्षतिको मूल्याङ्कन बीमा समितिले तोकेको मूल्याङ्कनकर्ताले गर्ने व्यवस्था गरिएको छ ।

कृषि तथा पशुपंक्षी बीमाको पूर्णपाठः

कृषि-बीमा-निर्देशिका-2077

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS