बाग्लुङबाट काठमाडौं आउदै गरेको कैलाश एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना

काठमाडौं । नुवाकोटको बेलकोट गाउँपालिकामा आज अपरान्ह हेलिकोप्टर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बाग्लुङबाट यात्रु लिएर काठमाडौं फर्कदै गरेको हेलिकोप्टर नुवाकोट जिल्लाको बेल्कोट गाउँपालिका वडा नं ६ घ्याम्पेस्थित दाहाल डाँडामा दुर्घटनामा परेको हो ।

घट्नामा सबै यात्रुहरु सकुशल रहेको कैलाश एयरलाइन्सले जनाएको छ । काठमाडौं आउने क्रममा रहेको हेलिकोप्टरमा चरा ठोक्किर क्षति पुगेपछि पाईलटले कुशलतापूर्वक फोर्स ल्याण्ड गराएको कैलाश एयरलाइन्सले जनाएको छ । घटनास्थलमा अर्को हेलिकोप्टर पुगिसकेको र यात्रुहरुको उद्धार कार्य सुरु भएको काठमाडौंस्थित विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार