IME Life

शिखर इन्स्योरेन्सले शुरु गर्याे च्याटबट सेवा, अब इन्स्योरेन्सका सेवा भाइबर र मेसेन्जर मार्फत लिन सकिने

SPIL
NIC ASIA

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले डिजिटल इन्स्योरेन्समा फड्को मार्दै सम्पुर्ण बीमा क्षेत्रमै पहिलो पटक भाइबर र फेसबुक मेसेन्जरमा च्याटबटको प्रयोग मार्फत आफ्ना बीमा सेवाहरु उपलब्ध गराउन शुरु गरेको छ । वर्तमान परिप्रेक्षमा बीमा कम्पनीसम्म पुगी बीमा सेवा प्राप्त गर्न असहज परिस्थिति रहेको अवस्थामा कम्पनीले ग्राहकहरुको लागि यस्तो सुविधा ल्याएको जनाएको छ ।

यस सुविधा लिनका लागि फेसबुक मेसेन्जरमा लगइन गर्नु पर्नेछ भने भाइबरमा कम्पनीको क्यु आर कोड स्क्यान गर्नु पर्ने हुन्छ । इन्टरनेटमा पहुँच रहेका ग्राहकहरुका लागि च्याटबट सेवा अति नै सहज, सरल र प्रभावकारी हुने शिखर इन्स्योरेन्स कम्पनीको विश्वास रहेको छ ।

Prabhu
Crest

यस च्याटबट मार्फत ग्राहकले आफुले लिन चाहेका सेवाबारे जानकारी दिनासाथ शिखर इन्यारेन्सको सम्बन्धित विभागले ग्राहकलाई सम्पर्क गर्नेछन् । यसले गर्दा ग्राहकहरुको समय बचत हुनुका साथै इच्छा अनुसारका सेवा तत्कालै लिन पाइने कम्पनीले जनाएको छ ।

ग्राहकहरुले उक्त माध्यमबाट बीमा पोलिसी खरिद, दाबीको जानकारी, बीमा पोलिसीको प्रति इमेल, बीमा नविकरण, बीमा सम्पुष्टि, केवाईसी अपडेट जस्ता सेवाहरु लिन सक्नेछन् साथै आफ्ना सुझावहरु समेत दिन सक्नेछन् । यसका साथै अन्य सुविधाहरु समयसापेक्ष अपग्रेड गरी समावेश गर्दै लाने र निकट भविष्यमा ग्राहकले सोही माध्यमबाटै बीमालेख प्राप्त गर्न सक्ने व्यवस्था समेत मिलाउने शिखर इन्स्योरेन्सले जनाएको छ ।

कोभिडको कारणले सम्पूर्ण विश्व नै प्रभावित भइरहेको अवस्थामा यस किसिमको सेवाको शुरुवातसँगै ग्राहकहरुले अब घरमै बसी सुरक्षित तवरले बीमा सेवाहरु लिन सक्ने र स–सानो कुराकोे लागि कम्पनी धाउनुपर्ने बाध्यताको अन्त्य हुने कम्पनीको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS