IME Life

१५ प्रतिशत लाभांश वितरण गर्ने प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको निर्णय

SPIL
NIC ASIA

काठमाडौं । प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५।०७६ मा आर्जिक मुनाफाबाट कूल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजिको ७ प्रतिशत बोनस शेयर तथा ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले गत शुक्रबार नै सो सम्बन्धी जानकारी नेप्सेलाई गराएको छ । कम्पनीको कूल चुक्ता पुँजि दुई अर्ब २५ करोड ८९ लाख ३१ हजार ७९७ रुपैयाँको नगद र बोनस शेयर समेत गरी कूल १५ प्रतिशत लाभांश दिन लागेको हो ।

Prabhu
Crest

कम्पनीले १५ करोड ८१ लाख २५ हजार २२६ रुपैयाँ बराबरको बोनस शेयर र १८ करोड ७ लाख १४ हजार ५४४ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । नगद लाभांश बोनस शेयरको कर प्रयोजनमा लाग्ने रकम कट्टा गरी वितरण गरिने प्रस्ताव गरिएको छ ।

उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भई आगामी बार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्रै शेयरधनीहरुले पाउनेछन् । कम्पनीले बुक क्लोजको मिति तय गरेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS