IME Life

आजसम्म कुमारी बैंकको शेयर किन्नेले लाभांश पाउने, यस्तो छ विगत १० वर्षको लाभांश इतिहास

SPIL
NIC ASIA

काठमाडौं । कुमारी बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश दिने घोषणा गरिसकेको छ । बैंकले चुक्ता पुँजीको १० दशमलव ८५ प्रतिशत बोनस शेयर र ३ दशमलव १५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले २०७६ /७७ को मुनाफाबाट वितरण गर्न लागेको लाभांश पारितका लागि मंसिर २९ गते २० औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकले सभा प्रयोजनका लागि मंसिर १५ गते बुक क्लोज मिति तय गरेको छ । त्यसकारण आज मंसिर १४ गते आइतबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र उक्त लाभांश लिन पाउनेछन् ।

Prabhu
Crest

बैंकले विगत लामो समयदेखि निरन्तर रुपमा आफ्ना शेयरधनीहरुलाई लाभांश प्रदान गर्दै आएको छ । बैंकको विगत १० वर्षको लाभांश इतिहासलाई हेर्ने हो भने विगद १० वर्षको अवधिमा नगद लाभांशलाई भन्दा पनि बोनश शेयरलाई प्रथामिकता दिँदै आएको देखिन्छ । बैंकले १० वर्षको अवधिमा कुल १ सय ४३ दशमलव ६३ प्रतिशत लाभांश वितरण गरेको छ । जसमध्ये १ सय २९ दशमलव १ प्रतिशत बोनश शेयर दिएको छ भने १४ दशमलव ५३ प्रतिशत मात्र नगद लाभांश वितरण गरेको देखिन्छ ।

आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना लगानीकर्तालाई १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा १० प्रतिशत बोनश शेयर रहेको थियो भने ० दशमलव ५२ प्रतिशत नै नगद लाभांश रहेको थियो ।

बैंकले आर्थिक वर्ष २०७४/७५ मा ८ दशमलव ५ प्रतिशत लाभांश वितरण गरेको थियो जसमा नगद लाभांश दिएको छैन । त्यस्तै, आर्थिक वर्ष २०७३ /७४ मा १२ दशमलव ७५ प्रतिशत बोनश शेयर मात्र वितरण गरेको थियो ।

बैंकले २०७२ /७३ मा २१ प्रतिशत बोनश शेयर दिएको छ भने १ दशमलव १ प्रतिशत नगद लाभांश दिएको थियो । २०७१ /७२ मा बैंकले ११ प्रतिशत बोनश शेयर र ० दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । २०७०/ ७१ मा ३३ प्रतिशत बोन शेयर र १ दशमलव ७४ प्रतिशत नगद लाभांश दिएको थियो । २०६९/ ७० मा बैंकले १४ प्रतिशत बोनश शेयर मात्र दिएको छ ।

त्यस्तै, बैंकले २०६८/ ६९ मा ७ प्रतिशत नगद लाभांश मात्र दिएको छ भने २०६७ /६८ मा बैंकले ८ प्रतिशत बोनश शेयर ० दशमलव ४४ प्रतिशत नगद लाभांश दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS