IME Life

जीवन बीमाका ६ फाइदा, बालबालिकाको भविष्य, बृद्धा अवस्थाको सारथी

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा किन गर्ने ? भन्ने एक महत्वपूर्ण सवाल अझै पनि नेपाली समाजमा प्रशस्त भेटिन्छ । बीमालाई धेरै मानिसले बुझ्न र यसबाट लाभ लिनेबारे जानकारी छैन । अझै पनि बीमालार्ई जुवाको रूपमा बुझ्नेहरू पनि छन् ।

तर, बीमा कम्पनीहरु यी हुन् बीमा कम्पनीहरू नेपालको बीमा ऐन तथा कम्पनी ऐन अनुसार स्थापित हुन्छन् र तिनलाई सरकारको स्वायत्त नियमनकारी निकाय बीमा समितिले नियमन, अनुगमन र नियन्त्रण गर्ने गर्दछ ।

Prabhu
Crest

बीमा जोखिम व्यवथापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै बीमा हो । मानविय समाजमा विपत्ति, जोखिमका अनेकौँ सम्भावनाहरु जहि तहि रहेका हुन्छन् ।
जुन विपत्ति, जोखिम अहिले, आज, भरे, भोलि जतिखेर पनि हुनसक्छ । अथवा दुर्घना अनिश्चित हुन्छ । जोखिम वा आपत–विपद कति बेला आउँछ कसैलाई थाहा हुदैन । त्यसैले पनि बीमा सबै र सधैंका लागि अपरिहार्य नै मानिन्छ । अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्न उपयुक्त माध्यम भनेको बीमा हो ।

१) आर्थिक जोखिमको हस्तान्तरण
हरेक व्यक्तिको जीवनको आर्थिक मूल्य हुन्छ । अर्थात, कुनै व्यक्तिले जुन किसिमले आम्दानी गरिरहेको हुन्छ । त्यो कमाइले उसको परिवारको पालनपोषण, शिक्षा–दीक्षा भइरहेको हुन्छ । आम्दानीबाट उसको समाजमा केही योगदान पनि भईरहेको हुन्छ । सरकारलाई उसले कर तिरेको हुन्छ । यदि ऊ नहुँदा यो सबै कुरामा एउटा ‘भ्याकुम’ सिर्जना हुन्छ । त्यो हुन नदिनलाई नै जीवन बीमा गर्नुपर्ने हुन्छ । अरू सबै सामानको मूल्य निर्धारण गर्दा नै तोक्न सकिन्छ । तर, मान्छेको मूल्य भने उसले आफैँ तोक्ने हो । कसरी, कस्तो परिवेशमा के काम गरिरहेको छ, त्यो अनुसार उसको आफ्नो जीवनको मूल्य हुन्छ । त्यही आधारमा हामीले बीमा गरेको हुनुपर्छ । कुनै घटना वा दुर्घटनाका कारण उसको परिवारले ठूलो दुखको सामना गर्नु नपरोस् भन्ने यसको भावना हो । त्यसैले आर्थिक जोखिमको हस्तान्तरण गर्दा बीमाबाट फाइदा लिन सकिन्छ ।

२) व्यक्ति स्वयम्को लागि
मानिसले जीवन वा परिवार धान्न कमाई गरिरहेको हुन्छ । उसको आकस्मिक मृत्यु भयो भने आम्दानी बन्द हुन्छ । यसले परिवारको जीवनशैलीलाई एकैपटक ठूलो अप्ठ्यारोमा पार्छ । त्यसलाई बिस्तारै व्यवस्थापन गर्ने र अर्को स्रोतको खोजी गरी परिवारले कमाउन थालुन्जेल बीमाले महत्वपूर्ण सहयोग पुर्याउँछ ।

३) दीर्घकालीन पुँजी निर्माण
तपाईँ हामी सबैलाई आफ्नो उच्च आर्थिकस्तर, गुणस्तरीय जीवनको चाहना हुन्छ । जुन आजको भोलि हुन सक्दैन । त्यसमा निश्चित समयसम्म धैर्य गर्नुपर्छ, संगै मिहिनेत गर्नुपर्छ । योजना निर्माण गरेर बचत पनि हुनुपर्छ । एउटा अनुशासित जीवन बाँच्नु धेरै गाह्रो कुरा हो । जीवन बीमामा अनुशासित बचत गर्ने प्रक्रिया हुन्छ । जीवन बीमाका विभिन्न योजनाअनुसार निश्चित समयसम्म हामीले शुल्क तिर्दै जान्छौँ । त्यही आधारमा बचत हुँदै जान्छ । यदि नियमित तिरेन भने त्यो खारेज हुन्छ । यसले बिमाशुल्क तिर्न अनुशासित बनाउँछ । यो अनिवार्य बचतका रूपमा हामी सोच्न थाल्छौँ । त्यसले भविष्यमा पुँजी निर्माण गर्छ । जब बीमा परिपक्व हुन्छ, त्यसबेला त्यो रकमले दैनिक जीवनयापनभन्दा फरक आवश्यकता पूरा गर्छौं ।

४) बालबालिकाको शिक्षा
हरेक व्यक्तिले आफ्ना सन्तान शिक्षीत बन्नुन् भन्ने चाहना राखेका हुन्छन् । सन्तानको शिक्षाका लागि हरेक व्यक्तिले चाहेअनुसारका बीमा गर्न सक्छन् । कसैले बालबालिकाको भविष्यका बारेमा सोच्छ भने जीवन बीमा उसको शिक्षाको निरन्तरता र सही उपलब्धिकै लागि अत्यावश्यक बन्न सक्छ । कुनै घटना वा दुर्घटनाको कारण आज गुणस्तरीय निजी शिक्षण संस्थाबाट भोलि सस्तो र सामान्य विद्यालय खोज्दै हिँड्नुपर्ने दुर्भाग्यबाट पनि जीवन बीमाले जोगाउँछ । परिवार चलाउन पनि व्यवस्थापन चाहिन्छ भन्ने यसैले देखाउँछ ।

५) ऋणको समस्याबाट मुक्ति
हाम्रो मुलुकमा सबैभन्दा ज्यादा नेपाली ऋणको समस्याबाट गुज्रिएको पाइन्छ । कुनै व्यवसाय वा काम पर्दा मानिसले सर–सापट वा ऋण लिन्छ । कसैले घर बनाउनुपर्यो भने ऋण लिने र मासिक किस्ता तिरी ढुक्कले बसेको हुन्छ । उसले आफ्नो कमाइसँग जोडेर यतिसम्म तिर्न सक्छु भनेर काम गरेको हुन्छ । सबैले १० वर्षको ऋण लिएको छु, सजिलै तिरिहाल्छु भनेर सोचेको हुन्छ । तर सोचेको जस्तो हुदैन एक जनाको कमाइले घर धान्न गाह्रो नै हुने भएकाले आज किनेको घर भोलि परिवारका लागि ठूलो तनाव हुन सक्छ । यो तनावबाट बाँच्न जति ऋण लिएको छ, सोहीबराबरको जीवन बीमा गर्ने हो भने उसलाई केही भइहालेमा पनि उसको परिवार घरबाट निकालिनुपर्ने अवस्था आउँदैन । बैंकले घरको बीमा गरेको हुन्छ । सो समयमा केही भइपरी आयो भने बीमा पाउछ । त्यसकारण बीमा गर्यो भने ऋणको समस्याबाट मुक्ति पाउन सकिन्छ ।

६) बुढेसकाल तथा शारीरिक अशक्त हुँदाको साथी

निश्चित अवधिसम्म बीमा प्रिमियम तिरेर त्यसपछि निश्चित समयसम्म पेन्सन सरह आम्दानी लिन सक्ने योजना पनि छन् । यस्तो बीमा गरेमा बुढेसकाल र अप्ठ्यारो परिस्थितिमा पनि आर्थिक अभाव हुँदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS