IME Life

युनाईटेड इदी–मर्दीको आईपिओ बाँडफाँड आइतबार हुने

SPIL
NIC ASIA

काठमाडौं । युनाइटेड इदी–मर्दी एण्ड आरवि हाईड्रोपावर लिमिटेडको आईपीओ आगामी आईतबार बाँडफाँड हुने भएको छ । कम्पनीले निष्काशन गरेको आईपिओको आज प्रि –अलोटमेण्ट सम्पन्न भएको जनाएको छ ।

युनाईटेड इदी–मर्दी एण्ड आरबि हाईड्रोपावरले निष्काशन गरेको आईपिओको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज आईपिओ बाँडफाँड सम्बन्धी प्रस्ताव पारित गरेको जनाउँदै आईपिओ बाँडफाँड आईतबार गरिने जनाएको हो । कम्पनीले माग भन्दा बढि आवेदन परेकोले गोलाप्रथाको माध्यमबाट आईपिओ बाँडफाँड गर्ने प्रस्ताव गरी धितोपत्र बोर्डमा अनुमतिको लागि पठाएको छ ।

Prabhu
Crest

उक्त कम्पनीको आईपीओमा मागभन्दा १२ गुणा बढी आवेदन परेको छ । उक्त कम्पनीले यही मंसिर ३ गतेदेखि ७ गतेसम्म सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणका लागि ८ लाख १२ हजार ७३६ कित्ता शेयर विक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थायिनका लागि पहिलो चरणमा आईपीओ विक्री गरि दोस्रो चरणमा सर्वसाधारणका लागि विक्री गरेको हो ।

उक्त कम्पनीले कास्की जिल्लामा ७ मेगावाट क्षमताको अपर मर्दीखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विसं २०७६ साल असोज २० गतेदेखि विद्युत् उत्पादन गर्दै आएको छ ।

हाल ३१ करोड ५० लाख चुक्तापूँजी रहेको उक्त कम्पनीको आईपीओ विक्रीपश्चात यो पूँजी ४२ करोड पुग्नेछ । कम्पनीको शेयर स्वामित्व संस्थापकतर्फ ७५ प्रतिशत र सर्वसाधारणतर्फ स्थानियमा १० र अन्य सर्वसाधारणमा १५ प्रतिशत गरी २५ प्रतिशत हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS