केक काटेर “प्रदेश ५ शेयर लगानीकर्ता फोरम”ले मनायो शेयर बजारको एतिहासिक दिन

बुटवल : नेप्से परिसूचकले एतिहासिक विन्दु पार गरेको दिन सम्पूर्ण शेयर लगानीकर्ताहरु उत्साहित भएको बेला प्रदेश ५ शेयर लगानीकर्ता फोरमले बुटवल स्थित आफ्नो केन्द्रिय कार्यालयमा केक काटेर लगानीकर्ता बीच खुशी आदान प्रदान गरको छ ।

प्रदेश ५  शेयर लगानीकर्ता फोरमका अध्यक्ष कमल तिवारीले खुशी व्यक्त गर्दै नेपालको शेयर बजारले १८८१ को विन्दु माथि बन्द हुँदै रेकर्ड राख्न सफल भएकोमा सम्पूर्ण लगानीकर्तालाई बधाई दिनु भएको छ । अध्यक्ष तिवारीका अनुसार बुल मार्केट वा बियर मार्केटमा  लगानीकर्ताले कम्पनी छान्नमा विशेष ध्यान दिनु पर्ने छ ।

आज नेप्से परिसूचक १८९३ को विन्दु माथि बन्द भएको छ। यस  अघि २०१६ मा नेप्से परिसूचक  १८८१ को विन्दुमा बन्द भएको थियो । कारोवार रकम पनि करिव ८ अर्ब पुगेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार