IME Life

कोरोना बीमाको दावी भुक्तानी सजिलै कसरी लिने ? यस्तो छ कोरोना बीमा दावीका प्रक्रिया

SPIL
NIC ASIA

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानीका लागि धेरै बीमितहरुले बीमा कम्पनीहरुमा आवेदन दिएपनि लामो समयसम्म दावी भुक्तानी लिन नसकेर अलमलमा पर्ने गरेका छन् । कोरोना बीमा पोलिसी बिक्री गरेका नेपालका २० वटा निर्जिवन बीमा कम्पनीमा करिब ३० हजार जनाले तीन अर्ब रुपैयाँ बीमा दावी भुक्तानीको माग गरेपनि अधिकांशको कागजात नआईपुगेको बीमा कम्पनीहरुले जनाएका छन् ।

नेपाल बीमक संघका अनुसार अधिकांश कागजात अपुरो राखेर बीमा दावी भुक्तानी माग गरेकोले समयमा दावी भुक्तानी गर्न नसकिएको जनाउँदै आएको छ । कतिपय बीमितहरुले कागजात छुटाएर पठाउने, बीमा दावी भुक्तानीको लागि आवश्यक अनुसारको कागजात उपलब्ध नगराउने गरेकाले ढिलाई भइरहेको बीमक संघको भनाई छ ।

Prabhu
Crest

कोरोना बीमाको दावी भुक्तानीको प्रक्रिया

क) सबैभन्दा पहिले कोरोना पोजेटि भएको शंका लग्नासाथ नेपाल सरकारद्वारा मान्यताप्राप्त ल्याबमा कोरोना भाइरस पुष्टि हुने पिसिआर टेष्ट गराउने ।

ख) कोरोना भाइरस पोजेटिभ भएको पिसिआर रिपोर्ट प्राप्त हुने वित्तिकै आफूले बीमा गरेको सम्बन्धित कम्पनीमा जानकारी गराउने । जानकारी गराउँदा सकेसम्म इमेलको प्रयोग गर्ने ।

ग) घरैमा आईसोलेशनमा बस्ने वा गाह्रो, अप्ठेरो भएको अवस्थामा अस्पताल जाने ।

घ) घरैमा आईसोलेशनमा बसेको अवस्थामा स्थानीय निकाय, वडा कार्यालय, गाउँपालिका कार्यालयमा टेलिफोन गरी आफ्नो अवस्थाबारे जानकारी गराउने ।

ङ) कोरोना नेगेगटिभ रिपोर्ट आएपछि अस्पताल नगई घरैमा बसेर निको भएमा स्थानीय तहबाट होम आईसोलेशनमा बसेको प्रमाणित गराई एउटा पत्र लिने ।

च) अस्पतालमा बसेको भए, अस्पतालको डिस्चार्ज पेपर लिने ।

छ) कोरोना बीमा गरिएको बीमा कम्पनीमा सम्पर्क गरी कोरोना बीमा दावी फारम भर्नुपर्दछ ।

ज) कोरोना बीमाको दावी फारामका साथ कोरोना पोजेटि भएको प्रमाणित हुने पिसिआर रिपोर्ट र स्थानीय निकायबाट होम आईसोलेशनमा बसेको सक्कल कागजात, अस्पतालमा बसेको भए डिस्चार्ज पेपरको फोटोकपी, नागरिकताको फोटोकपी र कोरोना बीमा पोलिसीको फोटोकपी सहित बुझाउनु पर्दछ ।

झ) उल्लेखित सम्पूर्ण कागजात बुझाएपछि बीमा कम्पनीको दावी भुक्तानी शाखामा नियमित सम्पर्कमा रहने ।

उल्लेखित कागजात बुझाएपछि सो कागजात बुझाएको पाँच दिनमा बीमा कम्पनीले सम्पूर्ण विवरण बीमा पुलमा पठाउनेछ । बीमा पुलले पाँच दिनभित्र प्रमाणिकरण गरी सम्बन्धित कम्पनीलाई भुक्तानीको लागि निर्देशन दिनेछ र कम्पनीले त्यसरी निर्देशन पाएको दुई कार्यदिनभित्र डिस्चार्ज भौचरमा हस्ताक्षर गराई चेक वा बैंक खातामार्फत भुक्तानी गर्ने व्यवस्था मिलाइएको बीमक संघले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS