IME Life

सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीद्वारा ११ लाख दावी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको भक्तपुरको सुर्यविनायक शाखाले शनिबार ११ लाख ३० हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । रक्त क्यान्सरबाट मृत्यु भएका बीमित लक्ष्मी भक्त वाङग्योको हकवाला श्रीमती मोहन केशरी वाङग्योलाई एघार लाख तीस हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको कम्पनीकी सूर्यबिनायक शाखा प्रमुख प्रमिला प्रजापतिले जानकारी दिईन् ।

१० लाख रुपैयाँको बीमा पोलिसी खरिद गरेका लक्ष्मीभक्तले एक किस्ता बुझाएपछि रगतको क्यान्सर भई मृत्यु भएको थियो । कम्पनीले बीमाङ्क रकमसहित जोडेर कुल ११ लाख ३० हजार रुपैयाँ दावी भुक्तानी गरेको हो ।

Prabhu
Crest

सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुुख व्यापार अधिकृत सुनील पोखरेलले मृतककी श्रीमती मोहन केशरीलाई मृतकको घर भक्तपुर–८, जगातीमै पुगेर चेक हस्तान्तरण गरेका छन् । कार्यक्रममा बीमाको महत्वबारे प्रकाश पार्दै जीवन बीमा बचत र जोखिम बहन दुवै भएको प्रष्ट पारे ।

चेक हस्तान्तरण कार्यक्रममा कम्पनीका एबीएम लोकमाया अधिकारी, बी.डीे.सी राकेश श्रेष्ठ, एजेन्सी मेनेजर बिष्णु केशरी हेङग्वजु, रचना लाखेमरु, रेबिका वाङग्यो, सुमित्रा मानन्धरको उपस्थिति रहेको थियो । कार्यक्रममा मृतककी श्रीमती मोहन केशरीले बीमा बापतको रकमले बाँकी रहेका परिवारका सदस्यहरुको भविष्य सुदृढ बनाउन उपयोग गरिने बताईन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS