IME Life

कोरोना बीमाबारे अर्थमन्त्रालयद्वारा बीमा समितिलाई ३ दिने स्पष्टिकरण

SPIL
NIC ASIA

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानीमा ढिलाई भएको सम्बन्धमा अर्थमन्त्रालयले बीमा समितिलाई ३ दिने स्पष्टिकरण सोधेको खुलेको छ । दशैं अघि कार्तिक ६ गतेको मितिमा अर्थमन्त्रायले बीमा समितिलाई लेखेको पत्रमा कोरोना बीमाका समस्याहरु, बीमा समितिले खेलेको भूमिका, दावी भुक्तानीमा भएको ढिलाईबारे तीन दिनभित्र जवाफ पठाउन अर्थमन्त्रालयले निर्देशन दिएको खुलेको हो ।

इन्स्योरेन्स खवरलाई प्राप्त स्पष्टिकरण पत्रमा कोरोना बीमा सम्बन्धमा आधा दर्जन विषयमा ३ दिनभित्रमा मन्त्रालयलाई जवाफ पठाउन निर्देशन दिएको छ । बीमा समितिले कोरोना बीमा सम्बन्धमा दशैंपछि अर्थमन्त्रालयलाई स्पष्टिकरण पत्र बुझाएको अर्थमन्त्रालयले जनाएको छ ।

Prabhu
Crest

अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले सोधेको स्पष्टिकरण चित्त नबुझेपछि बीमा समितिका पदाधिकारी नेपाल बीमक संघका पदाधिकारीसँग अर्थमन्त्रालयले छलफल गरेको थियो । कोरोना बीमाको दावी भुक्तानीमा भएको ढिलाई र कोरोना बीमा पोलिसीमा उत्पन्न समस्याको सम्बन्धमा बीमा समितिले गरेको पहलहरुको विवरण सहित ल्याउन निर्देशन दिएपछि बीमा समितिले जवाफ दिएको स्रोतको भनाई छ । बीमा समितिका उच्च अधिकारीहरुले भने अर्थमन्त्रालयलाई तीन दिने स्पष्टिकरण बुझाएको सम्बन्धमा केही बताउन चाहेनन् ।

कोरोना बीमा पोलिसी बीमा समिति र सिंगो बीमा क्षेत्रलाई बद्नाम गर्ने सबैभन्दा विवादित बीमा पोलिसी हो । कोरोना बीमाको दावी भुक्तानी गर्न अझै दुई अर्बभन्दा बढि बक्यौता छ । बीमा कम्पनीहरुले भने बीमितबाट सम्पूर्ण कागजात प्राप्त नभएकोले दावी भुक्तानी प्रक्रियामा ढिलाई भएको जनाउँदै आएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS