एशियन लाईफको साधारणसभा पुस ४ गते, के के छन् एजेण्डा ?

Citizen Life Insurance Co

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको ११ औं बार्षिक साधारण सभा आगामी पुस ४ गते हुने भएको छ । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको बिहिवार बसेको १५५ औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४।०७५ को बार्षिक साधारणसभाको मिति तय गरेको हो । कम्पनीले आज सूचना प्रकाशित गरी २०७७ साल पुस ४ गते बीरगन्जस्थित होटल पुजनमा विहान १० बजे साधारणसभा आह्वान गरेको छ ।

साधारणसभामा आर्थिक वर्ष २०७४।०७५ को लेखा परिक्षण प्रतिवेदन, वासलात, लगायतका वित्तीय विवरणहरु प्रस्तावको रुपमा पेश गरी पारित गर्ने छ । त्यस्तै, कम्पनीले सामाजिक उत्तर दायित्व अन्तर्गत गरेको खर्च कम्पनी ऐन २०६३ को दफा १०५ भन्दा बढि भएकोले सो खर्चलाई अनुमोदन गर्ने विशेष प्रस्ताव पेश गर्नेछ ।

कम्पनीले साधारणभाको लागि यही मंसिर १९ गते बुकक्लोज मिति तय गरेको छ । नेप्सेमा मंसिर १८ गतेसम्म कायम रहेको एशियन लाईफ इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुले साधारणसभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार