गुराँस लाईफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, विवेक दुगड बने नयाँ अध्यक्ष

Citizen Life Insurance Co

काठमाडौं । गुराँस लाईफ इन्स्योरेन्सको १० औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । आज सम्पन्न भएको साधारणसभाले विवेक दुगडको अध्यक्षतामा छ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

आज सम्पन्न भएको साधारणसभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट विवेक दुगड, सौरभ दुगड, अपछ कुमार यादव, शम्भु प्रसाद सुवेदी, विनय कुमार तोदी र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट विशाल तातेड निर्विरोध निर्वाचित भएको कम्पनीले जनाएको छ ।

आजै अपरान्ह बसेको सञ्चालक समितिको बैठकबाट विवेक दुगडलाई अध्यक्षमा निर्वाचित गरको कम्पनीले जनाएको छ । उल्लेखित सञ्चालकहरुको पदावधी चार वर्षको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार