युनाईटेड इन्स्योरेन्सका कामु सिईओ भट्टराईको विदाई

Citizen Life Insurance Co

काठमाडौं । युनाईटेड इन्स्योरेन्सका कामु सिईओ रमेश कुमार भट्टराईलाई आज विदाई गरिएको छ । करारमा नियुक्त भएका भट्टराईलाई व्यवस्थापनले सम्झौता नविकरण नगरेपछि आज विदाई गरिएको युनाईटेड इन्स्योरेन्सका एक कर्मचारीले बताए ।

चौधरी ग्रुप र एनई ग्रुपको लगानी रहेको युनाईटेड इन्स्योरेन्समा सिईओ नियुक्तीको लागि बीमा समितिमा फाईल पेश गरिएको भएपनि स्वीकृत भएको छैन । भट्टराईले साढे दुई वर्ष कामु सिईओको भूमिका निर्वाह गरेर आज कम्पनीबाट विदा भएका हुन् ।

२०७२ सालमा युनाईटेड इन्स्योरेन्सको सिईओ बनेका शेखर बरालले २०७५ साल जेठ ३१ गते राजिनामा दिएपछि डेपुटी सिईओ भट्टराईले नै कम्पनी चलाउँदै आएका थिए । उनको समयावधी सकिएर विदा लिएका हुन् । विभिन्न कारणले अप्ठेरोमा परेको कम्पनीलाई भट्टराईले सुधार गरेर निकै माथि पुर्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार