IME Life

प्राइम कमर्सियल बैंकको नाफा ५४ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस त्रैमाससम्ममा आईपुग्दा बैंकको अधिकांश सूचक वृद्धि भएको छ ।

यस अवधिमा बैंकको खुद नाफा ५४ दशमलव २४ प्रतिशतले बढेर एक अर्ब १ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकको नाफा ६५ करोड ९७ लाख रुपैयाँ रहेको थियो ।

Prabhu
Crest

पहिलो त्रैमासम्ममा बैंकको वितरण योग्य नाफा ४७ दशमलव ८९ प्रतिशतले बढेर ३३ करोड ८४ लाख ४६ हजार रुपैयाँ पुगेको छ ।बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफा बढेको हो ।

असोज मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ४६ दशमलव २३ प्रतिशतले बढेर १ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।त्यस्तै बैंकको संचालन नाफा पनि ५३ दशमलव २७ प्रतिशतले बढेर १ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ भने खराब कर्जा १ दशमलव ३७ प्रतिशत रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ८७ पैसाले बढेर २९ रुपैयाँ ११ पैसामा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ २६ पैसा पुगेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS