IME Life

कोभिड-१९ ले कृषि क्षेत्रमा पारेको अल्पकालीन तथा दिर्घकालीन प्रभाव

SPIL
NIC ASIA

नेपाली अर्थतन्त्रको प्रमुख आधार नै कृषि क्षेत्र हो । कुल जनसंख्याको करिव ६५% (प्रतिशत) रोजगारीको अवसर कृषि क्षेत्रले प्रदान गरेको र कुल ग्राहस्थ उत्पादनको २७ % (प्रतिशत) योगदान कृषि क्षेत्रमा रहेको छ । त्यसैले कृषि क्षेत्रको विकासले नै राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । कुल बैदेशिक लगानीको ०.३ % (प्रतिशत) कृषि क्षेत्रमा रहेको छ । हाल नेपाल सरकारले ल्याएको आर्थिक वर्ष २०७७÷०७८ को कृषिको बजेटको ४१ अर्ब ४० करोड रहेको छ । देशको आवश्यकता र सम्भाव्यता अनुरुप कृषिको नीतिमा समयसापेक्ष सुधार गर्दै व्यवसायिक एवं प्रतिस्पर्धात्मक कृषि प्रणालीबाट उच्च तथा दिगो आर्थिक वृद्धि हासिल गरी गरिबी निवारण गर्नु आजको आवश्यकता रहेको छ ।

नेपाल सरकारले व्यवसायिक एवं प्रतिस्पर्धात्मक रुपमा कृषि क्षेत्रको विकास गर्ने लक्ष्य अनुरुप कृषि विकास रणनीति २०१५/२०३५ ल्याइरहको छ । यस रणनीति अनुरुपका कार्यक्रमहरु सञ्चालन हुदै आएतापनि कृषि बजारको अप्रयाप्तता, आवश्यक पुर्वाधारको कमी, व्यवस्थापकिय क्षमताको कमी तथा एकिकृत सेवा प्राप्त नहुदाँ कृषि क्षेत्रमा पदोन्नती र स्तरबृद्धि हुन सकेको छैन । व्यवस्थित कृषि बजारको विकास र कृषि यन्त्रिकरणमा सहयोग गरी प्रतिस्पर्धी कृषि उत्पादनलाई टेवा पुर्याउन किसान र उपभोक्ताको हित संरक्षण गर्न साझेदारीमा एकीकृत कृषिमा विकास गर्नु आजको कृषि बिकासको लक्ष्य रहेको छ

Prabhu
Crest

हाल विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना (कोभिड- १९) भाइरसबाट विश्वका अधिकांस  देशहरु आर्थिक सङ्कटमा गुर्जिरहेका छन् । यस महामारीबाट नेपाल जस्तो अल्पविकसित देश पनि अछुतो रहिरहन सकेन । कोरोना (कोभिड- १९) भाइरसले विश्वको अर्थतन्त्रमा नकरात्मक असर परेको अवस्थामा नेपालमा पनि यस महामारीको प्रभावले आर्थिक गतिविधिमा ठूलै धक्का लागेको छ । नेपाल जस्तो कृषिप्रदान देशमा यस महामारीले कृषकको आर्थिक, उत्पादन तथा व्यापारीक क्षेत्रमा ठुलो प्रभाव परेको हुन्छ । यस्तो परिस्थितिमा नेपाल सरकारले चाल्नुपर्ने अल्पकालीन तथा दिर्घकालीन कदमहरु, सामना गनुपर्ने चुनौति र सुधारका सम्भावनाहरुलाई निम्नानुसार व्याख्या गर्न सकिन्छ ।

१. आर्थिक क्षेत्रमा प्रभाव
देशको अर्थतन्त्र मजबुद बनाउनको लागि कृषिको महत्वपुर्ण भुमिका रहन्छ । करिव ६५ प्रतिशत जनसंख्या कृषिमा आधारित भएतापनि जीवन निर्वाहको लागि मात्र कृषिमा लागेको जनसंख्या ठुलो मात्रमा रहेको छ । त्यस्ता कृषकहरु जुन बाच्नको लागि आफुलाई आवश्यक पर्ने अन्न उत्पादन गरि जीविका गुजारा चलाउने गर्दछन । हाल विश्व महामारीको चपेटामा परेको बेलामा पनि नेपाली त्यस्ता किसानहरुलाई प्रभाव न्युन परेको हुन्छ । जसले राष्ट्रिय अर्थतन्त्रमा खासै प्रभाव पार्दैन । तर व्यवसायिक रुपमा आधुनिक प्रविधि प्रयोग गरि, जग्गा लिजमा लिएर खेतिपाती गरेका हुन्छन त्यस्ता किसानहरुका लागि यस महामारीले ठुलो असर गरेको छ ।

व्यवसायिक रुपमा कृषि पेशामा गरिएको लगानीबाट उत्पादन भएको कृषिजन्य बस्तु बन्दाबन्दीका कारण बजारसम्मका लागि बिक्रि गर्न नपाउदा कृषक मर्कामा परेको देखिन्छ । यस्तो अवस्थामा व्यवसायिक रुपमा कृषकहरुको लगानी डुब्ने तथा श्रमिकहरुको आम्दानी घट्ने हुँदा यसको असर राष्ट्रिय अर्थतन्त्रमा कुल ग्राहस्थ उत्पादन घट्ने, बेरोजगार बढ्ने, प्रतिव्यक्ति आम्दानी घट्ने, देशमा कृषिजन्य बस्तुमा उपभोगको लागि अन्य देशमा परनिर्भर रहनुपर्ने, देशको ठुलो पूँजी  देश बाहिर जाने, आफ्नो देशको भुमि बाझो रहि अनुत्पादन हुने जस्ता समस्या देखिन्छन । यस्ता समस्यालाई तत्काल सम्बोधन गरिएन भने यसले देशको आर्थिक क्षेत्रमा प्रभाव पर्दछ । यस्तो समस्याहरुलाई निराकरण गर्नको लागि नेपाल सरकारले कृषि क्षेत्रमा तत्काल अल्पकालीन र दिर्घकालीन कदमहरु चाल्नुपर्ने देखिन्छ ।

अल्पकालीन कदमहरु : प्रथमत, व्यवसायीक रुपमा गरिएको कृषिजन्य उत्पादनलाई बन्दाबन्दिको अवस्थामा पनि बजारसम्म पु¥याउने काम तत्काल नेपाल सरकारको निर्देशनमा सम्बन्धित स्थानिय निकायले नै सहयोग गर्नुपर्ने देखिन्छ । जसमा कृषिमा गरेको लगानी बिषम परिस्थीतीमा पनि डुब्ने छैन । दोस्रो, कृषिमा गरेको लगानी रकमको बैकदरमा कटौति गर्नुपर्ने देखिन्छ । जसले गर्दा यस विषम परिस्थीतीमा पनि कृषकले भबिष्यमा गर्ने लगानीमा खासै असर पर्दैन । तेस्रो, कृषकको बारीमा उत्पादन भएको तरकारी वा अन्य उत्पादित बस्तुहरु लागत मुल्यको आधारमा सरकारले खरिद गर्नुपर्ने देखिन्छ । जसको कारण व्यवसायीक कृषकको आर्थिक अबस्थामा खस्कन पाउदैन । तर आर्थिक बर्ष २०७७÷७८ को बजेटमा यस्तो महामारीको परिस्थीतिमा कृषि क्षेत्रमा तत्काल कृषकको राहत सम्वन्धी कुनै पनि योजना आएको छैन । नेपाल सरकारले कृषि क्षेत्रको बजेट बढाएतापनि अल्पकालीन समयमा उपरोक्त मुद्घाहरु संशोधन गरिएन भने कृषि क्षेत्रमा लाग्ने कृषकहरुको आर्थिक अबस्था नाजुक भई देशको आर्थिक अबस्थामा नकरात्मक असर पर्दछ ।

दिर्घकालीन कदमहरु: कृषि प्रधान देश नेपालकोे अर्थतन्त्रमा सुदृढ गर्नको लागि कृषि क्षेत्रमा क्रान्ति नआएसम्म सम्भव छैन । बिकासको मेरुदण्ड भनेको कृषि क्षेत्र नै हो । नेपाल बिभिन्न समयमा देशको अर्थतन्त्र बिग्रने गरि महामारीको अबस्थाबाट गुज्रिरहेको छ । यस्तो परिस्थीतिमा बिकासको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रमा असर नपर्ने गरि नेपाल सरकारले कृषि क्षेत्रमा दिर्घकालीन नीति तथा योजना ल्याउन पर्दछ । हाल चालु रहेको कृषि विकास रणनीति (२०१५–२०३५) र प्रधानमन्त्री कृषि आधुनिकिकरण योजनामा केहि संशोधन गरि लागत मुल्यको आधारमा कृषकले उत्पादन गरेको उत्पादीत बस्तुहरु जबसम्म सरकारको स्थानिय निकायले आफैले जिम्मा लिदैन तबसम्म कृषकहरु व्यावसायीक रुपमा यस पेशामा लागि आफ्नो जीवन आर्थिक रुपमा सुरक्षित हुने महशुष गर्न सक्दैनन् ।

व्यावसायीक रुपमा कार्य गर्ने किसानका लागि सरकारले नीति तथा कार्यक्रममा नै उल्लेख गरि आवश्यक पर्ने रसायनिक मल, कृषि औजार, उन्नत जातको बिउमा केहि छुटमा साथ अनुदानको व्यबस्था गर्ने र लागत मुल्यका आधारमा बजार मुल्य तोकि बजार व्यबस्थापन गर्न सकिएन भने नेपालमा कृषि क्षेत्रमा कहिल्यै पनि आत्मनिर्भर बन्न सकिदैन । हाल नेपाल सरकारले जारि गरेको बजेटमा कृषि कार्यको व्यावसायिक, यान्त्रिकरण र आधुनिकरण गरि रोजगारी सृजना गर्ने, सहकारी/सामुदायिक तथा निजि क्षेत्रसगँ सहकार्य गरि व्यावसायीक खेति गर्ने जस्ता नयाँ कार्यक्रमहरु भएतापनि कोविड १९ को महामारीमा परेको असरलाई संम्बोधन गर्ने दिर्घकालिन समाधानका लागि कुनै कार्यक्रम ल्याएको नदेखिएकोले नेपाली किसानको आर्थिक अवस्थामा सुधार र नेपाल कृषिमा आत्मनिर्भर बन्न सक्दैन ।

२. उत्पादन क्षेत्रमा प्रभाव
कुल ग्राहस्थ उत्पादनको करिव २७ प्रतिशत ओगटेको नेपालको कृषि क्षेत्रमा बिश्वमा आएको कोभिड १९ को महामारीले कृषि क्षेत्रको उत्पादनमा असर परेको छ । उत्पादन हुने समयमा देशको बन्दाबन्दिको कारणले कृषकहरुको उत्पादनमा ह्रास आएको छ । काम गर्ने श्रमिकको अभाव, उन्नत जातको बिउ, रसायनिक मलको अभावको कारणले किसानले समयामानै खेति गर्न सक्ने अबस्था रहेको छैन । तसर्थ कृषि क्षेत्रलाई पनि अत्यावश्यक क्षेत्रमा राखि सहज तरिकाले कृषकलाई काम गर्ने वातावरण बनाइएन भने उत्पादनमा ह्रास आउदै कृषिमा परनिर्भरता बढ्ने अबस्था सिर्जना हुन्छ । यस्तो परिस्थीतिमा नेपाल सरकारले तत्काल अल्पकालीन र दिर्घकालीन कदम चालि कृषि उत्पादनलाई जीवित राख्नु पर्दछ ।

अल्पकालीन कदमहरुः कृषिबाट उत्पादीत कृषिजन्य बस्तुको उपभोग बिना मानिस बाच्न सक्दैन । देशलाई परेको यस महासकंटको अबस्थामा पनि मानिसले उपभोग्य सामान घटाउन सक्दैन । त्यसैले नेपाल सरकारले तत्काल कृषि क्षेत्रलाई अत्याबश्यक क्षेत्रमा राखि किसानलाई सहज रुपमा कार्य गर्ने बाताारण सृजना गरिदिनुपर्दछ । किसानका लागि उत्पादन गर्दा आबश्यक पर्ने औजारहरु, काम गर्ने श्रमिकहरु, मल बिउ तथा अन्य सामानहरु सहजरुपमा प्राप्त गर्ने वातावरण सृजना गर्नुपर्दछ । हालै मात्र देशमा आएको नयाँ बजेटले उपरोक्त विषयमा अल्पकालीन समाधानका लागि संबोधन गर्न नसकेकोले यस कोभिड १९ को बिश्व महामारीबाट देशको कृषि उत्पादनमा नकरात्मक असर पर्ने देखिन्छ । कृषिजन्य बस्तुलाई उत्पादन गर्न असर पर्ने भएकोले यसलाई न्यूनिकरण गर्नको लागि तत्काल नेपाल सरकारले उपयुक्त कदमहरु चाल्नुपर्ने देखिन्छ ।

दिर्घकालीन कदमहरुः परम्परागत कृषि प्रणालिलाई बिस्थापित गरि आधुनिक कृषि प्रणालीको प्रबिधिलाई प्रयोग गरि कृषि व्यवसायमा लाग्नुपर्दछ । जमिनको उत्पादकत्व क्षमता जाँच गर्ने, नयाँ प्रबिधि प्रयोग गर्ने र थोरै लगानिबाट धेरै उत्पादन हुने खेति गरि उत्पादकत्व बढाउनु पर्ने देखिन्छ । यसका लागि नेपाल सरकारले कृषिको प्राविधिक अध्ययनका क्षेत्रमा लगानी बढाउनु पर्ने, श्रमिकलाई कृषि तालिमको व्यबस्था गर्नुपर्ने, सिंचाइको व्यबस्था गर्ने, मल बिउ र औजार सुलभ मुल्यमा उपलब्ध गराउनु पर्ने साथै उत्पादित लागतको आधारमा बीमा सहुलियतको व्यबस्था गनुपर्ने देखिन्छ । समय–समयमा देशमा आउने महामारीबाट कृषि क्षेत्रका आउने संकटले उत्पादनमा असर नपर्ने गरि नेपाल सरकारको कृषि निति तथा कार्यक्रमहरु र प्रधानमन्त्री कृषि आधुनिकरण योजनामा संशोधन गरि उत्पादनलाई प्राथमिकता दिई दिर्घकालीन कदमहरु चाल्नुपर्ने देखिन्छ ।

हाल आएको नेपाल सरकारको बजेटबाट गरिब/बिपन्न तथा साना किसानलाई लक्षित गरि कृषि उद्यम प्रबद्घनको लागि ग्रामिण उद्यम तथा आर्थिक बिकास कार्यक्रम, एक उत्पादन पकेट क्षेत्र, कृषिको उत्पादन तथा बजार जोखिम कम गर्न मोवाइल एप्स मार्फत बिउ, मल , मुल्य सम्वन्धी जानकारी दिने, बाँझो रहेको जमिन कृषि कार्यमा उपयोग गर्न तथा टुक्रिएको जमिनहरुको चक्लाबन्दि गरि व्यावसायिक कृषि कार्यमा प्रयोग गर्नका लागि भूमि बैक स्थापना गर्ने, जलबायु परिवर्तनका नकरात्मक असर न्युनिकरण गर्न वाताबरण मैत्रि कृषि प्रबिधिको बिकास र बिस्तार गर्ने जस्ता कार्यक्रम हेर्दा राम्रा भएतापनि बिगतमा भएका कार्यक्रमको कार्यान्वयन फितलो भएकाले यस निति तथा कार्यक्रममा आएका कार्यक्रमहरु पनि पूर्ण कार्यान्वयन हुनेमा ढुक्क हुने अबस्था रहेको छैन । यस्तो महामारीको अबस्थामा कृषकलाई परेको समस्याको निराकरणमा ध्यान नदिई आएका कृषि कार्यक्रमले कृषकको मन जिति कृषिजन्य बस्तुको उत्पादनमा बृद्घि गर्न सकिदैन र दिर्घकालमा यसले सरकारको बिश्वसनियतामा शंका उत्पन्न गर्दछ ।

३. व्यापार क्षेत्रमा प्रभाव
व्यावसायिक रुपमा सञ्चालन गरिएको कृषि फर्मको मुख्य उद्घेश्य नाफा कमाउनु हो । कृषकले आफनो जमिन वा लिजमा लिएर सञ्चालन गरिएको व्यावसायिक कृषि लगानीमा बिभिन्न व्यक्तिहरु निर्भर रहन्छन् । लगानीकर्ता, काम गर्ने श्रमिक, त्यसमा आश्रित परिवार र त्यस उत्पादनलाई बजार सम्म पु¥याउने ब्यापारी आदि पर्दछन । बिश्व महामारीको चपेटामा व्यावसायिक कृषि ब्यापारमा ठुलो प्रभाव परेको छ । उपभोक्तासगँ उपभोग गर्ने सामथ्र्य नहुनु र उत्पादकसगँ उत्पादीत बस्तु बजारसम्म पु¥याएर बिक्री गर्न नपाउने परिस्थिति सृजना भएको छ । नेपालमा यस्तो बन्दाबन्दिको अबस्थाले आफ्नो देशमा कृषकको तरकारी खेतमा कुहिएर जाने र उपभोक्ताले भारतको महंगो र बिषादी तरकारी किन्नुपर्ने अबस्था देखिन्छ । किसानले बषौ लगाएर खेतमा काम गर्दा लागत पाउन गाह्रो तर एकै रातमा बिचौलियाले कृषकको भन्दा बढि कमाउने अबस्था देखिन्छ । यस्तो परिस्थीतिमा नेपाल सरकारले केहि अल्पकालीन र दिर्घकालीन कदमहरु चाल्नुपर्ने हुन्छ ।

अल्पकालीन कदमहरुः नेपाल सरकारले कृषकको मनोवल बढाउनको साथै उत्पादनको लागतलाई सुरक्षित गर्नको लागि विभिन्न महामारीको अबस्थामा व्यावसायिक कृषकलाई आफुले उत्पादन गरेको कृषिजन्य बस्तुको ब्यापारमा सहजिकरण गर्नुपर्ने देखिन्छ । स्थानिय निकायसगँ समन्वय गरि कृषकको बारीमा उत्पादित बस्तु बिना रोकावट बजारसम्म पु¥याई व्यापार गर्न पाउने व्यबस्था तत्काल मिलाउनु पर्ने हुन्छ । उत्पादीत बस्तुको लागतका आधारमा बजार मुल्य निर्धारण गरि कृषकले आफ्नो उत्पादन बिक्रि गर्न पाउनु पर्दछ । बिचौलियालाई हटाएर कृषकले उत्पादन गरेको कृषिजन्य बस्तुको लाागत मुल्यका आधारमा बिक्रि गर्न पाउने सरकारको अल्पकालिन नितिको आबश्यकता रहेको छ । हाल नेपाल सरकारले ल्याएको बजेटमा यस सम्बन्धी नीतिको अभाव देखिन्छ ।

दिर्घकालीन कदमहरुः नेपाली कृषि क्षेत्रको ब्यापारमा देखिएको प्रमुख समस्या नै ब्यापार प्रणाली रहेको छ । महिनौ लगाएर कृषक खेतमा काम गरि उत्पादन गर्छ तर उसलाई आप्mनो लागत मुल्य पाउन गाह्रो हुुन्छ तर ब्यापारको नाममा बिचमा बिचौलियाहरु प्रबेश गर्दा उत्पादीत लागत भन्दा कम मुल्यमा किसानले बिक्री गर्नुपर्ने, बिचौलियाहरु बिचमा मुल्य बढाएर नाफा कमाउने र उपभोक्ताहरु महंगोमा किन्नुपर्ने अबस्था देखिएको छ । यस्तो परिस्थितिमा नेपाल सरकारले छुट्टै दिर्घकालीन कृषि ब्यापार नीति ल्याउनुपर्ने देखिन्छ । हाल नेपाल सरकारको नीति तथा कार्यक्रममा कृषि उपजको बजारीकरण गर्न सबै स्थानिय तहमा बजार पुर्वाधार निमार्ण गर्ने, थोक बजार निमार्ण गर्नको लागि स्थानिय तहलाई बित्तिय हस्तान्तरण गर्नका साथै कृषि उपजको समर्थन मुल्य तोकि खरिद गर्ने व्यबस्था मिलाउने जस्ता कार्यक्रमहरु भएतापनि यसले दिर्घकालमा कृषकको जीवनस्तर बद्घि गरि राष्ट्रिय स्तरमा कृषिमा आत्मनिर्भर बन्न यस बजेटले संबोधन गर्न सकेको छैन ।

अन्तमा, हाल कोभिड –१९ को कारण बिश्व महामारिको चपेटामा रहि अर्थतन्त्र नकरात्मक भएको समयमा नेपाल पनि आर्थिक समस्याबाट अछुतो रहन सकेको छैन । नेपालको अर्थतन्त्र कृषिमा आधारित भएकोले कृषिको बिकास नगरि देशको अर्थतन्त्र सुदृढ हुन सक्दैन । कृषि व्यवसायमा परेको समस्यालाई समाधान नगरिकन कृषिमा देश आत्मनिर्भर बन्न सक्दैन । हाल बैदेशिक रोजगारमा देश बाहिर भएका लाखौं दक्ष जनशक्ति महामारीको चपेटामा परि बेरोजगार भएको अबस्थामा उक्त जनशक्तिलाई स्वदेशमा फर्काई आधुनिक प्रबिधि प्रयोग गरि कृषि पेशामा लगाउने हो भने देशको अर्थतन्त्रमा केहि सुधार हुने देखिन्छ ।

यसर्थ हाल कृषि व्यबसायमा देखिएका श्रम शक्तिको अभाव, उर्बर कृषि भुमिको गैह् कृषि प्रयोजनमा बढ्दो उपयोग, जलबायु परिबर्तनको नकरात्मक प्रभावले कृषि क्षेत्रमा आशातित उपलब्धी हासिल गर्नु चुनौतिपुर्ण रहेको छ । यसैगरि उत्पादनका सामाग्री प्रयाप्त मात्रमा आपूर्ति नहुनु, ग्रामिण तथा भौतिक पुर्वाधारको अप्रयाप्तता, साना खण्डीत र भुउपयोगको अबस्था, आबश्यक ज्ञान÷प्रबिधि तथा श्रमशक्तिको अभाव, उत्पादनको उपयुक्त बजार तथा मुल्य पाउन नसक्नु, उत्पादनमा बिबिधिकरण, प्रतिस्प्रधि र बजारमुखि हुन नसक्नु, बिषादी र भेटेनरी औषधीको सुरक्षित प्रयोग नहुनु जस्ता समस्याको समाधान गर्ने हो भने नेपालको कृषिजन्य बस्तुको उत्पादनमा बृद्घि हुनेछ । नेपाल सरकारले कृषि क्षेत्रमा बजारको पहुँच, कामदारको उपलब्धता, सामाजिक स्थितीमा सुधार, प्राकृतिक स्रोत र साधनको समुचित प्रयोग, व्याबसायीक दक्ष प्राबिधिक ज्ञान सिपको प्रयोग हनेगरि कृषिको अल्पकालीन र दिर्घकालीन कार्ययोजना बनाई बजेट सदुपयोग गर्दा कृषि व्यवसायमा आमुल परिवर्तन गर्न सकिन्छ ।

(खनाल राष्ट्रिय बीमा कम्पनीमा कार्यरत छन् )

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

दीपक राज खनाल
Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS