IME Life

नियम विपरित लाभांश प्रस्ताव गरेपछि स्टाण्डर्ड चार्टर्ड बैंक विवादमा, राष्ट्र बैंकबाट फाइल फिर्ता हुने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको सीमा नाघेर लाभांश प्रस्ताव गरेपछि स्टाण्डर्ड चार्टर्ड बैंकको सञ्चालक समितिको निर्णय विवादमा परेको छ । बैंकले वितरण गर्न लागेको ११.८४ प्रतिशत लाभांश मध्ये ४०.८८ प्रतिशत नगद र ५९.१२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि जारी गरेको मौद्रिक नीति विपपिरत रहेको भन्दै अस्वीकृत गर्न लागेपछि विवादमा आएको हो ।

केन्द्रीय बैंकले चालु आवका लागि जारी गरेको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुले ७०ः३० को रेसियोमा बोनस शेयर र नगद लाभांश वितरण गर्न पाइने सीमा लगाएको छ । ३० प्रतिशतमा सीमित हुनुपर्ने नगद लाभांश सो सीमा नाघेकाले राष्ट्र बैंकले स्टाण्डर्ड चार्टर्ड बैंकको लाभांश वितरण सम्बन्धी प्रस्ताव फिर्ता गर्ने जनाएको छ ।

Prabhu
Crest

नियम अनुसार स्टाण्डर्ड चार्टर्ड बैंकले वितरण गर्ने कूल लाभांश मध्ये ३.५५ प्रतिशत नगद र ८.२९ प्रतिशत बोनस शेयर लाभांश बापत वितरण गर्नुपर्नेमा सो सीमालाई उल्लंघन गरेकोले सो बैंकको लाभांश सम्बन्धी प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत नभई फिर्ता हुने बैंक स्रोतले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS