IME Life

आजदेखि बैंक तथा बीमा कम्पनीहरुका सबै शाखाहरु खुल्दै

SPIL
NIC ASIA

काठमाडौं । दशैंमा बन्द भएका बैंक तथा बीमा कम्पनीका शाखा कार्यालयहरु आजदेखि खुल्ने भएका छन् । नेपाल बैंकर्स संघले बैंकका सबै शाखा कार्यालयहरु आजबाट खुल्ने जनाएको छ । यसअघि दशैंमा समेत बैंकिङ सेवा बन्द नगरेका बैकहरुले यस पटक कोरोना भाइरसको महामारीका बीचमा सेवा प्रवाह गर्न नसकिने भएपछि गत साताको शुक्रबारदेखि देशैभरिका बैंकका शाखाहरु बन्द गरेका थिए ।

दशैंमा सेवा प्रवाह रोकिँदा धेरैका कारोबार रोकिन पुगेकोमा आजदेखि सबै सुचारु हुने जनाइएको छ । बैंकर्स संघले सूचना निकालेर दशैंको समयमा बैंकका शाखा कार्यालय सुचारु नहुने हुँदा डिजिटल कारोबार गर्न सुझाव दिएको थियो ।

Prabhu
Crest

उता, पाँच दिन लामो बिदा सकिएपछि आजदेखि बीमा कम्पनीका सबै शाखा कार्यालयहरु पनि खुल्ला हुँदैछन् । नेपाल बीमक संघका अनुसार आजदेखि सम्भव भएका शाखा कार्यालयहरु खुल्ला गरी सेवा प्रवाह सुचारु हुनेछन् । त्यस्तै जीवन बीमा कम्पनीका शाखा कार्यालयहरु पनि आजैदेखि सुचारु हुनेछन् । जीवन बीमा कम्पनीहरुले दशैंमा हुने बीमा गतिविधिलाई उच्च प्राथमिकता राख्दै शाखा कार्यालयहरु आजैदेखि सुचारु हुने जनाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS