IME Life

यात्रा बीमा कति जरुरी ? कसरी गर्ने यात्रा बीमा ? यस्ता छन् फाइदा

SPIL
NIC ASIA

काठमाडौँ । चाडपर्वको अवसरमा नेपालीहरुको देश विदेश घुमफिर गर्ने पुरानो चलन नै छ । बिदाको समयमा कति मानिसहरु घुमफिरमा निस्किसकेका होलान् भने कतिपय मानिसहरु योजना बनाउँदै होलान । वर्षदिनमा आउने यी चाडहरुलाई नेपालीहरुले धुमधामका साथ मनाउने गर्छन् । दशैं तिहारको बिदा मिलाएर घुमफिर गर्ने प्रचलन बढ्दैछ ।

यात्रालाई मानिसको जीवनको सबैभन्दा ठूलो सिकाईको रुपमा लिईन्छ । यात्राबाट नयाँ ठाउँ, परिवेशको जानकारी मात्रै हैन् त्यहाँको रहन, सहन, जीवनशैली, सँस्कृति, परम्परा पनि सिक्ने अवसर मिल्छ । त्यसैले मानिसको यात्रालाई स्वास्थ्य तथा अन्य प्राविधिक रुपमा आईपर्ने समस्याहरुको जोखिम बीमा कम्पनीलाई सुम्पेर निर्धक्क भएर यात्रा गर्न सकिन्छ ।

Prabhu
Crest

व्यस्त दिनचर्यामा केही दिन फरक परिवेशमा रमाउँदा धेरै कुरा सिक्ने अवसरका साथै आनन्दको अनुभूति पनि गर्न पाईन्छ । तर, यात्रा जति आनन्दमय र रमाईलो हुन्छ नि उत्ति नै दुखदायी पनि नहोला भन्न सकिदैन् । केही रकम खर्च गरी बीमा गरेर यात्रा गर्दा निर्धक्क र ढुक्क भएर यात्रा गर्न सकिन्छ । बीमा गरेर यात्रा गर्दा यात्री तथा यात्रीका आफन्त समेत निर्धक्क हुने हुँदा यसको बहुआयामिक फाइदा हुन्छ ।

बिषेश गरी विदेश यात्रा गर्दा कहिलेकाँही विरामी हुने, बाटोमा सामान हराउने, चोरी हुने, पासपोर्ट हराउँने लगायतका समस्या पर्न सक्छन् । जसले तपाई हाम्रोे यात्रालाई निराशजनक बनाउँन सक्छ । यात्रा गर्नु अघि देखेका हाम्रा सपनाहरु यत्ति कै अर्थहिन नहोलान् भन्न सकिदैँन् ।तर, यस्तो बेलामा यात्रा बीमा तपाई हाम्रा लागि महत्वपूर्ण हुन पुग्दछ । यदि हामीले यात्रा बीमा गरेर यात्राका लागि निस्किएका छौँ भने यात्रामा आई परेका समस्याहरुलाई कम गर्न सहज वातावरण मिल्छ । यदि यात्रा गर्दा तपाई हामीले बीमा गर्यौँ भने तपाई हाम्रो यात्रा सुरक्षित हुन सक्छ । यात्रामा हुने यस्ता खालका जोखिम कम गर्न ‘यात्रा बीमा’ गर्नु आवश्यक छ । बैलैमा सोचेर वैदेशिक भ्रमणका लागि निस्किनु भन्दा अगावै बीमा कम्पनीहरुमा गएर यात्रा बीमाका बारेमा बुझि यात्रा बीमा गर्नु जरुरी हुन्छ ।

देशी भुमिमा बिरामी हुँदा उपचार खर्च महंगो हुन्छ । जुन तपाई हाम्रो लागि खर्चिलो हुनका साथै आर्थिक भार पनि पर्न जान्छ । त्यसैगरी सामान हराउँदा पनि समस्या पर्न सक्छ । त्यस्तो समयमा यस यात्रा बीमाले तपाईको सुरक्षा गर्छ ।

किन आवश्यक छ यात्रा बीमा ?

यात्राका बेलामा आईपरेका विभिन्न समस्याहरु समाधान गर्न यात्रा बीमाले मद्दत गर्दछ । यात्रा अवधिमा बिरामि भएमा औषधि उपचार खर्च पनि यात्रा बीमाले व्योहोर्छ । विदेश यात्रा गर्दा पासपोर्ट वा लगेज हराएमा चोरी भएमा पनि यात्रा बीमाले क्षतिपुर्ति प्रदान गर्छ । प्राकृतिक तथा आतंकवादी गतिविधिले यात्रा स्थगित भएमा वा यात्राको अवधि लम्बिदा थपिने आर्थिक भार पनि यात्रा बीमाले तिर्न मद्धत गर्छ । कतिपय मुलुकमा यात्रा बीमा विना सो देश प्रवेश गर्न पाईदैन । तर, केही देशहरुमा भने यसलाई अनिवार्य गरिएको छैन । तर, तपाईले अनिवार्य नभएको मुलुकमा जादाँ पनि बीमा गर्नु भयो भने यात्रामा आउने विभिन्न खालका समस्या भोग्नु पर्दैन ।

पदयात्रा तथा नेपाल जस्तो उच्च पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्दा बीमा नगरेको अवस्थामा उद्धार तथा बिरामी भई उपचार खर्च बापत समेत लाखौं रुपैयाँको जोखिम यात्रीले व्यहार्नुपर्ने हुन्छ सक्दछ । रोमाञ्चक यात्रा सामान्य घट्नाले क्षणभरमै खल्लो, नरमाइलो हुने हुँदा बीमा गरेर आर्थिक रुपमा आईपर्ने जोखिम बीमा कम्पनीलाई हस्तान्तरण गरेर निर्धक्क भई यात्रा गर्नु सबैभन्दा उत्तम हो ।

यसरी गर्न सकिन्छ  यात्रा बीमा  ?

उमेर, घुम्न जाने मुलुक, यात्रा अवधि अनुसार बीमाशुल्क भुक्तानी गरेपछि यात्रा बीमा योजना खरिद गर्न सकिन्छ । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुबाट यात्रा बीमा योजना खरिद गर्न सकिन्छ । कुनै पनि कम्पनीको पाईक पर्ने शाखामा गएर खरिद गर्न सकिन्छ । तपाईको बीमा योजनाले तपाईको यात्रा अवधिभर हुने जोखिमलाई ग्रहण गर्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS