थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि

Citizen Life Insurance Co

काठमाडौं । आज थप चार हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ५३ हजार ५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमिति ब्रिफिङ्मा डा. जागेशवर गौतमले यस्तो जानकारी दिएको हो।

मन्त्रालयका अनुसार आज दुई हजार ६ सय ६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हाल देशभर संक्रिय संक्रमितको संख्या ४६ हजार ६ सय ९१ रहेको छ भने तीन हजार ५ सय ९० जना क्वारेन्टिनमा छन्।

मन्त्रालयका अनुसार थप १७ जनाको कोरोनाबाट मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८ सय २९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार