IME Life

आज तीन कम्पनीको साधारण सभा हुँदै, यस्ता छन् एजेण्डा ?

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । आज गोर्खाज फाइनान्स लिमिटेड, नेपाल ल्युब ओइल लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेडको वार्षिक साधारण सभा हुँदैछ ।

गोर्खाज फाइनान्स लिमिटेडको आश्विन ७ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २५ औँ वार्षिक साधारण सभा आज हुँदैछ । उक्त सभा होटल क्राउन ईम्पेरियल, सोल्टीमोड, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुने जनाएको छ ।

Crest

फाइनान्सले लाभांश भने वितरण नगर्ने भएको छ । फाइनान्सले साधारण सभा प्रयोजनका लागि असोज १८ गतेदेखि कार्तिक ५ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गरेको छ । त्यसैले, असोज १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

नेपाल ल्युब ओइल लिमिटेडको असोज १३ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको उन्नतिसौँ वार्षिक साधारण सभा आज हुँदैछ । उक्त सभा संस्थाको कार्यालय, झम्सिखेलबाट जुममार्फत सञ्चालन गरिने जनाएको छ ।

सभामा असोज १३ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने छ । कम्पनीले साधारण सभा प्रयोजनका निमित्त असोज २२ गतेबाट कार्तिक ५ गतेसम्म बुक क्लोज गरेको छ । त्यसैले, असोज २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

एनआईबिएल एस क्यापिटल लिमिटेडको असोज ४ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको आठौँ वार्षिक साधारण सभा आज हुँदैछ । उक्त सभा एनआईबिएल एस क्यापिटल लिमिटेडको सभाहल, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुने जनाएको छ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ ।

त्यस्तै, सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिनेछ । त्यसैगरी, सभामा कर सहित २२ दशमलव २२ प्रतिशतले हुन आउने ६ करोड रूपैयाँ बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारीत गरिने जनाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS