IME Life

गुराँस लाइफको अवितरित हकप्रद शेयर बाँडफाँड तथा रकम फिर्ता

SPIL
NIC ASIA

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज १३ गते, मंगलबारदेखि असोज १९ गते, सोमबारसम्म लिलामी मार्फत बिक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँड गरिएको छ ।

कम्पनीले असार १४ गतेदेखि साउन ४ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको ५ लाख ९० हजार १४ कित्ता शेयर असोज १३ गते, मंगलबारदेखि लिलाम बढाबढ गरी बिक्री गरेको थियो ।

Prabhu
Crest

जसमध्ये, ३ लाख ३७ हजार ५ सय ६५ कित्ता संस्थापक समूहको शेयर रहेको थियो भने २ लाख ५२ हजार ४ सय ४९ कित्ता शेयर सर्वसाधारण समूहको रहेको थियो । जसमा संस्थापक समूहको शेयरमा १६६ रुपैयाँ र सर्वसाधरण समूहको शेयरमा ६०४ रुपैयाँ कट अफ प्राइस तोकिएको थियो ।

शेयर बाँडफाँडमा नपरेको शेयर बापतको रकम भोलिदेखि फिर्ता हुने कम्पनीले जनाएको छ । आवेदकले उक्त रकम आवेदन फारममा उल्लेख गरेको बैंक खातामा नै फिर्ता पाउनेछन् ।

नेपाल क्लियरिङ हाउसमा आवद्ध बैंक तथा वित्तीय संस्थालाई आइपीएस मार्फत बैंक खातामा रकम फिर्ता दिइने जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS