IME Life

सिटिजन लाइफ चौथो वर्षमा प्रवेश , नयाँ मस्कट सार्वजनिक

SPIL
NIC ASIA

काठमाडौं । २०७४ साल कार्तिक २ गतेबाट कारोबार सुरु गरेको सिटिजन लाइफ इन्स्योरेन्स आज चौथो वर्षमा प्रबेश गरेको छ । कोरोना महामारीका बीचमा कम्पनीले आज आइतबार तेस्रो बार्षिकोत्सव मनाएको हो । कम्पनीले तेस्रो  बार्षिकोत्सवको अवसरमा कम्पनीको लोगोको प्रतिक नयाँ मस्कट समेत सार्वजनिक गरेको छ । आगामी दिनमा सिटिजन लाईफ इन्स्योरेन्सले सोही मस्कटलाई ब्राण्ड बनाएर जीवन बीमाको प्रचार प्रसार गर्ने ब्राण्डिङ हेड शोभना सापकोटाले जानकारी दिईन् ।

कम्पनीका सिईओ पोषक पौडेलले तेस्रो बार्षिकोत्सवको अवसरमा यस स्थानसम्म आईपुग्न सहयोग गर्ने बीमा समिति, बीमित, अभिकर्ता, कम्पनीमा आवद्ध सम्पूर्णलाई धन्यवाद दिएका छन् । स्थापना तेस्रो वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले आगामी दिनमा बीमामा जनचेतना अभियानमार्फत व्यवसाय बृद्धि गर्ने, बीमाको पहुँच बृद्धि गर्न योगदान पुर्याउने, दीर्घकालिन रुपमा बीमा व्यवसायमा ध्यान दिने प्रतिबद्धता जनाएको छ ।

Prabhu
Crest

कम्पनीले आज बिज्ञप्ति जारी गर्दै भनेको छ, ‘हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्धेश्यका साथ डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना बढाउन विद्यार्थीसंग बीमा जस्ता विभिन्न कार्यक्रमहरु लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको सिटिजन टिम मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गर्दछ ।’

दशैंको पूर्वसन्ध्यामा परेको बार्षिकोत्सवको अवसरमा कम्पनीले राष्ट्रिय पर्व विजया दशमीको पावन अवसरमा सम्पूर्ण नेपालीहरुलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेको छ ।

कम्पनीको तीन अर्ब अधिकृत पुँजि, साढे दुई अर्ब जारी पुँजि र एक अर्ब ७५ करोड चुक्ता पुजि छ । कम्पनीले आगामी वर्ष आईपिओ जारी गर्नेछ । कम्पनीले गत आवमा २० करोड सात लाख १८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीले जीवन बीमा कोषमा एक अर्ब ६७ करोड ८८ लाख रुपैयाँ भन्दा बढि जम्मा गरिसकेको छ भने अन्य सूचांकहरु समेत राम्रा छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS