IME Life

पुनर्बीमाको लागि कम्तीमा बी+ रेटिङ अनिवार्य, नेपाल पुनर्बीमा कम्पनी रेटिङ विहिन

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको प्रचलित बीमा कानुन अनुसार नेपाली बीमक कम्पनीहरुले जोखिम बाँडफाँडको लागि गर्ने पुनर्बीमाको लागि विदेशी कम्पनी भए अन्तर्राष्ट्रियस्तरको रेटिङ कम्पनीमार्फत कम्तीमा ए+ र अन्य कम्पनीको लागि कम्तीमा बी+ रेटिङ अनिवार्य गरेको छ ।

बीमा समितिले जारी गरेको पुनर्बीमा व्यवसाय सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७१ को दफा ६ को उपदफा ८ मा यस सम्बन्धी स्पष्ट व्यवस्था गरेको छ । सो बमोजिम नेपालको पुनर्बीमा कम्पनीले बीमकबाट व्यवसाय लिनको लागि बी प्लस रेटिङ अनिवार्य छ । नेपाल पुनर्बीमा कम्पनीले यसअघि जारी गरेको आईपिओका लागि रेटिङ गराउँदा बी प्लस रेटिङ प्राप्त गरेको थियो । इक्रा नेपालमा गराएको रेटिङमा बी प्लस रेटिङ पाएको थियो । आईपिओको लागि गराएको रेटिङ सिंगो कम्पनीको लागि मान्य हुँदैन ।

Crest

नेपाल पुनर्बीमा कम्पनीले भने सरकारी लगानीको कम्पनी भएकोले रेटिङ भन्दा पनि राज्यको प्रत्याभूति महत्वपूर्ण हुने जनाएको छ । सो कम्पनीको तर्क एउटा हदसम्म मान्न सकिने भएपनि नेपाल पुनर्बीमा कम्पनीमा राज्यको असिमित दायित्व हुँदैन, पुँजि लगानीको सीमासम्म मात्रै दायित्व बहन गर्ने लिमिटेड कम्पनी हो ।

नेपाल पुनर्बीमा कम्पनीले रेटिङ नगराउँदा अन्तर्राष्ट्रिय व्यापारमा प्रत्यक्ष प्रभाव पर्ने बीमा विश्लेषकहरुको भनाई छ । रेटिङ नभएकै कारण अन्तर्राष्ट्रिय बीमक कम्पनीहरुले व्यवसाय पाउन चुनौतिपूर्ण हुने देखिएको छ । यद्यपि नेपाल पुनर्बीमा कम्पनीले विश्वका २८ भन्दा बढि देशबाट बीमा शुल्क आम्दानी गर्दै आएको छ । अन्तर्राष्ट्रिय रेटिङ एजेन्सीबाट राम्रो रेटिङ गराउन सकेमा नेपाल पुनर्बीमा कम्पनीको अन्तर्राष्ट्रिय व्यापार सञ्जाल अझै धेरै फैलिने सम्भावना छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS