सोल्टी होटलको यस्तो देखियो चौथौ त्रैमास

काठमाडौं । सोल्टी होटलले गत आर्थिक बर्षको चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशन गरेको छ ।होटलले प्रकाशन गरेको वित्तीय वित्तीय विवरण अनुसार नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ६४ प्रतिशत घटेको हो ।

कम्पनीले अघिल्लो आर्थिक बर्षको चौथो त्रैमासमा २९ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो भने गत आर्थिक बर्षको चौथो त्रैमासमा १० करोड ५७ लाख रुपैयाँमा सिमिति भएको छ । कम्पनीको चुक्ता पूँजी ८४ करोड २५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषम ८० करोड ८ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ २५ पैसा र प्रतिशेयर नेटवर्थ १९ रुपैयाँ ५९ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार