IME Life

बीमा सम्बन्धी जर्नलको दोस्रो अंक प्रकाशित

SPIL
NIC ASIA

काठमाडौं । नेपालको पहिलो इन्स्योरेन्स सम्बन्धी अनुसन्धानमूलक जर्नल ‘नेप्लीज जर्नल अफ इन्सुरेन्स एण्ड सोसल सेक्युरिटी’ को दोश्रो अंक हालसालै प्रकाशन भएको छ । नेपाल इन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एशोसिएशन (निर्मा) ले हरेक वर्ष प्रकाशन गर्ने जर्नलमा यस वर्ष जोखिम व्यवस्थापन सम्बन्धी महत्वपूर्ण लेखहरु समावेश गरिएको निर्माका अध्यक्ष डा. रविन्द्र घिमिरेले जानकारी दिए ।

हरेक वर्ष प्रकाशन हुने यस जर्नल सन् २०१८ र २०१९ प्रकाशन भएको हो भने आगामी अंक २०२० पनि यसै वर्ष प्रकाशन हुन गइरहेको अध्यक्ष घिमिरेले जानकारी दिएका छन् । नेपाल भारत र युरोपका प्राध्यापकबाट सम्पादन हुने जर्नलमा सल्लाहकार बोर्डमा अमेरिका, चीन, दक्षिण कोरिया, भारतका बीमा क्षेत्रका विज्ञहरु रहेका छन् ।

Prabhu
Crest

नयाँ अंकमा अंकमा ७ वटा लेखहरु रहेका छन्, जसमा अमेरिकी प्रोफसरको एक्चुरी र रिटायरमेन्ट बेनिफिट सम्बन्धी लेख, दुई लेख सामाजिक स्वास्थ्य बीमा सम्बन्धी, चार लेख नेपालको बीमा बजार, ग्राहकको अवधारणा र बैंकको बैंकास्योरेन्स सम्बन्धी धारणासँग सम्बन्धित रहेका छन् ।

यस जर्नलको उद्देश्य नेपालको बीमा बजारको बारेमा अन्तर्राष्ट्रिय स्तरमा जानकारी दिने, नेपाल र विदेशका बीमा अनुसन्धानकर्ताहरु बीच अपासमा बीमा अनुभव, ज्ञान, नयाँ प्रयोगहरु आदनप्रदान गर्ने, नेपाली अनुसन्धानकर्ताहरुलाई बीमाको बारेमा अध्ययनका लागि अभिप्रेरित गर्ने र बीमाका सरोकारवालाहरुलाई परिष्कृत ज्ञान उपलब्ध गराउने रहेको निर्माले जनाएको छ । उक्त जर्नल निःशुल्क रुपमा अनलाईनमा उपलब्ध हुने अध्यक्ष घिमिरेले जानकारी दिए ।

जर्नलको सम्पादक मण्डलका प्रमुख सम्पादक प्रा.डा. फत्त बहादुर केसी, प्रबन्ध सम्पादकमा डा. रविन्द्र घिमिरे छन् भने सदस्यहरुमा अर्मेनियन स्टेट युनिभर्सिटी, बिरला इन्स्टीच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी, र नेशनल इन्सुरेन्स एकेडेमीका प्राध्यापकहरु छन् ।

 

उक्त जर्नल तलको लिङ्कमा गएर प्राप्त गर्न सक्नुहुनेछ ।

https://nirma.com.np/wp-content/uploads/2020/10/NJISS_Vol2_Online_Dec_2019.pdf

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS