IME Life

आज दुई कम्पनीको एसजीएम हुँदै, नेपाल इन्भेष्टमेन्टले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ती गर्ने

SPIL
NIC ASIA

काठमाडौं । आज बुधबार दुई वटा कम्पनीको विशेष साधारण सभा हुँदैछ ।  आज सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको विशेष साधारण सभा हुन लागेको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकको असोज ७ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा बैंकको रजिष्टर्ड कार्यालय दरबारमार्ग काठमाडौंमा बिहान १० बजेदेखि वेभिनारको माध्यमबाट सञ्चालन हुनेछ ।

Prabhu
Crest

विशेष साधारण सभामा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, बैंकले विशेष साधारण सभा प्रयोजनको निमित्त असोज १६ गतेदखि सभा सम्पन्न नभएसम्मका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गरेको छ । त्यसैले, असोज १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

त्यस्तै, सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको असोज ७ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार फाइनान्सको विशेष साधारण सभा आज असोज २८ गते हुने भएको हो ।

उक्त सभा कम्पनीको केन्द्रीय कार्यालय, घण्टाघर, दरबारमार्ग, काठमाडौँमा बिहान १० बजेबाट सुरू हुने कम्पनीले जनाएको छ । सभामा सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले प्राप्ति गर्ने सम्बन्धमा सहमती भएपछि गत पुस २८ गतेदेखी नै फाइनान्सको शेयर कारोबार रोक्का गरिएको छ । त्यसैले, पुस २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

23-Sep-2020apm08.indd

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS