IME Life

कोरोना बीमाको दावी भुक्तानी बक्यौता पौने अर्ब पुग्दै, बीमा समिति मौन

SPIL
NIC ASIA

काठमाडौं । गत बैशाख ७ गतेबाट बिक्री सुरु गरिएको कोरोना बीमाको दावी भुक्तानी बक्यौता पौने अर्ब नजिक पुग्दा समेत बीमा कम्पनीहरुले भुक्तानीमा तदारुकता देखाएका छैनन् । कोरोना बीमाको दावी भुक्तानी बक्यौता रकम ७१ करोड २८ लाख पुगेको छ ।

बीमा पुलबाट प्राप्त तथ्याङ अनुसार कोरोना बीमा गर्नेको संख्या १५ लाख नाघेको छ । हालसम्म १५ लाख १४ हजार ८५५ जनाले कोरोना बीमा गराएको पाइएको छ । बीमा समितिले भदौं २९ गतेदेखि कोरोना बीमा पोलिसी र कोरोना बीमा मापदण्ड संशोधन गरी स्वास्थ्य बीमा जस्तै बनाएपछि पनि थप दुई लाख जनाले कोरोना बीमा पोलिसी किनेका छन् । गत भदौंमा १३ लाख जनाले कोरोना बीमा गरेकोमा हिजो साँझ सम्मको तथ्याङ्क अनुसार कोरोना बीमा गर्नेको संख्या १५ लाख नाघेको छ ।

Prabhu
Crest

हालसम्म सात हजार चार सय ४० जना बीमितले कोरोना बीमाको दावी भुक्तानी लिन बाँकी रहेको देखिएको छ । बीमा समिति स्रोतका अनुसार आउँदो आइतबारदेखि कोरोना बीमाको दावी भुक्तानी तीव्र गतिमा अघि बढाउने तयारी गरिएको छ । बीमक संघले समेत केही प्राविधिक कारणले रोकिएकोमा अब कोरोना बीमाको दावी भुक्तानी नतिजामुखी बनाउने दावी एक बीमा कम्पनीका सिईओ जानकारी दिएका छन् ।

यसैबीच, बीमा सम्बन्धी नियामक निकाय बीमा समिति कोरोना बीमाको दावी भुक्तानी रोकिएको विषयमा मौन छ । बीमा समितिका कुनै पनि उच्च अधिकारीहरु कोरोना बीमाको दावी भुक्तानी बक्यौता सम्बन्धमा बोल्न तयार छैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS