IME Life

प्रभु बैंकको नयाँ सिष्टममै समस्या, सेवाग्राहीले सास्ती भोग्दै

SPIL
Sanima Reliance

काठमाडौं । प्रभु बैंकको नयाँ सिष्टमले पनि प्रभावकारी रुपमा काम नगरेपछि बैंकका कर्मचारी तथा सेवाग्राहीले समस्या भोग्न बाध्य हुँदै आएका छन् । प्रभु बैंकले गत जेठ १५ गतेदेखि चार दिनसम्म सम्पूर्ण बैंकिङ कारोबार बन्द गरेर फिनाकल कोर बैंकिङ सफ्टवयेर जडान गरेको थियो । तर, बैंकको सिष्टम अझै समस्यारहित हुन नसेको कर्मचारीहरुले गुनासो गरेका छन् ।

यही असोज १८ गते आइतबार अपरान्ह १५ः०० बजेदेखि १५ः३३ बजेसम्म करिब ३३ मिनेट प्रभु बैंकको सिष्टम बन्द भएको सो बैंकमा रकम साट्न लाइन बसेका एक सेवाग्राहीले बताए । बैंकको सिष्टम बन्द हुँदा थप एक घण्टा लाइन बस्न बाध्य भएका पीडितहरुको गुनासो छ । प्रभु बैंकका एक कर्मचारीले दिएको जानकारी अनुसार प्रभु बैंकको नयाँ सिष्टमले समेत राम्रो काम गरेको छैन । प्रभु बैंकका एक कर्मचारीले दिएको जानकारी अनुसार बैंकको सिष्टममा बारम्बार समस्या आउने गरेको छ । प्राबिधिक समस्याको रुपमा कहिले सर्भर नचल्ने त कहिले सफ्टवयरले काम नगर्ने समस्या आउने गरेको कर्मचारीहरुको भनाई छ । प्रभु बैंकले आईटी सम्बन्धी हेर्नको लागि छुट्टै शाखा नै खडा गरेर परिचालन गरेपनि प्रभावकारी नतिजा दिन सकेको छैन ।

Crest
Meta Holidays

बैंकको सिष्टममा पटक पटक समस्या आउनुमा सफ्टवयेरको समस्या हो या इन्टरनेट सेवा प्रदायकको भन्ने खुल्न सकेको छैन । प्रभु बैंकको सर्भरमा ब्याण्डविथ सेवा सुबिसुले दिएको पत्ता लागेको छ । सुबिसुबाट ब्याण्डविथ सेवा लिइरहेका अधिकांश कम्पनीहरुले समस्या भोग्दै आएका छन् । सुबिसुकै ब्याण्डविथ लिएको नेप्सेमा बारम्बार समस्या आइरहेको छ । प्रभु बैंकले पनि सुबिसुकै सेवा लिएको पाइएको छ । रोचक कुरा के छ भने नेपाल स्टकलाई ब्याण्डविथ दिएकै सर्भरबाट सुबिसुले वल्र्डलिङ्कसँग ब्याण्डविथ किनेर सेवा दिइरहेको पाइएको छ ।

भारतको कर्नाटकमा रहेको एडभर्भ कम्पनीले तयार पारेको सफ्टवयर विश्वका १०० देशमा प्रयोग गर्दै आएको सो कम्पनीले आफ्नो वेभसाईटमा उल्लेख गरेको छ । विश्वका यति धेरै देशहरुमा काम गर्दै आएको कम्पनीले निर्माण गरेको सफ्टवयर जडान गरेपछि पनि सर्भर समस्या हल हुन नसकेपछि बैंकिङ कारोबारमा संलग्न कर्मचारीहरु आजित भएको गुनासो गरेका छन् ।

स्रोतका अनुसार उक्त सफ्टवयेर जडान गरेपछि २० अंकको बैंक खाता नम्वरहरु १६ वटा अंकमा झारिएको छ । बैंकले करोडौं रुपैयाँ खर्च गरेको, लाखौं सेवाग्राहीको खाता नम्वर नै परिवर्तन गरेर जडान गरेको सफ्वटयर काम नगरेपछि सेवाग्राहीले बैंकका काउन्टरमै आक्रोश व्यक्त गर्न थालेका छन् । बैंकको सफ्टवयरमा समस्या आउँदा कर्मचारी र सेवाग्राहीले सास्ती भोग्नु परेको बारेमा जिज्ञाशा राख्दा बैंकका सिईओ अशोक शेरचनले कुनै प्रतिक्रिया दिन चाहेनन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x