Prabhu Life Ad Final

नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ७ वर्ष अवधिको विकास ऋणपत्र २०८४ (घ) नामको ऋणपत्र बिक्री गर्न लागेको जनाएको छ । उक्त ऋणपत्रको व्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने बैंकले बताएको छ ।

उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था,गैर(बैंक वित्तीय संस्था, बीमा कम्पनी,संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । खरिदकर्ताले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ ।

Biz Bazar
NLIC

यो ऋणपत्र धितो राखी कर्जा लिनरदिन पाइनेछ । उक्त ऋणपत्रको बोलकबोल असोज २० गते मंगलबार अपरान्ह ३ बजे हुनेछ । असोज २१ गते निष्कासन भएर उक्त ऋणपत्रको साँवा २०८४ साल असोज २१ गते भुक्तानी हुनेछ ।

त्यस्तै, इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार