SKIP THIS

SLICL
Prabhu Life Ad Final

नेपाल राष्ट्र बैंकले २० अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै ९१ दिन र १८२ दिनको अवधिको लागि ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ ।

बैंकले ९१ दिनको अवधिका लागि १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्नेछ । बोलकबोल प्रक्रियाका माध्यमबाट जारी गर्न लागिएको उक्त ट्रेजरी बिल २०७७ साल पुस २१ गते परिपक्क हुनेछ ।

Biz Bazar
NLIC

यस्तै, बैंकले १८२ दिनको अवधिका लागि २० अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्नेछ । उक्त ट्रेजरी बिल २०७७ साल चैत्र २४ गते परिपक्क हुने बैंकले बताएकाने छ ।

भोलि ३ बजे बोलकबोल भएर असोज २० गते, मंगलबार ट्रेजरी बिल बिक्री हुने बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार