IME Life

एनआरएन लघुवित्तको विशेष साधारण सभा आज, एफपिओ निष्काशन गर्ने प्रस्ताव

SPIL
NIC ASIA

काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा आज हुँदैछ । संस्थाको असोज ४ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय भएको हो । उक्त सभा होटल दिनेश, धनगढी, कैलालीमा बिहान ११ बजेबाट सुरू हुने संस्थाले जनाएको छ ।

संस्थाले विशेष साधारण सभा गर्ने प्रयोजनका लागि असोज ११ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । त्यसैले, असोज १० गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

Prabhu
Crest

सभामा पुनः सर्वसाधारण शेयर अर्थात् एफपिओ निष्काशन गर्ने सम्बन्धमा छलफल हुनेछ । त्यसैगरी, सभामा लघुवित्तको नाम परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कर्पोरेट कार्यालय बुढानिलकण्ठ नगरपालिका ९, काठमाडौँमा स्थापना गर्ने, सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने र साविकका किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्तसँगको मर्ज अनुमोदन गर्ने विशेष प्रस्तावहरू रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS