IME Life

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफै कोरोनाबाट संक्रमित, श्रीमतीसहित क्वारेन्टाईनमा

SPIL
NIC ASIA

काठमाडौं । कोरोना भाइरसलाई चाईनिज भाईरस भन्दै मास्क लगाउन इन्कार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफै कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसबाट संक्रमित भएपछि ७४ बर्षिय राष्ट्रपति ट्रम्प श्रीमतीसहित क्वारेन्टिनमा बसेका छन् । उनी मात्रै नभई उनीसँगै अमेरिकी सेनाको एयरफोर्समा यात्रा गरेका सैनिकहरु क्वारेन्टिनमा बसेका छन् ।

बुधबार मिन्नेसोटामा आयोजित चुनावी ¥यालीमा सहभागी भएका ट्रम्पले अमेरिकी एयरफोर्सको जहाज समेत चढेको पाइएको छ । साथै उनले बेडमिन्ष्टर, न्यूजर्सी लगायतका शहरहरुमा समेत अभियानहरुमा सहभागी भएका थिए ।

Prabhu
Crest

शुक्रबार विहान राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू र अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्प दुवैको रिपोर्ट कोरोना पोजिटिभ आएको जानकारी गराएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प आफै क्वारेन्टाईनमा बसेपछि अमेरिकी राष्ट्रपतिको कार्यालयको काम समेत प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ‘हामी सँगसँगै यसलाई पार लगाउने छौं,’ ट्रम्पले ट्विटमा भनेका छन् ।

अमेरिकी राष्ट्रपति ह्वाईट हाउसस्थित चिकित्सकले बिज्ञप्ति निकालेर राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियाको स्वास्थ्य राम्रो रहेको जनाएको छ । यद्यपि चिकित्सकहरुले उमेरका कारण राष्ट्रपति ट्रम्पको स्वास्थ्यमाथि जोखिम निकै बढिरहेको चेतावनी दिएको डेलीमेलले दिएको छ ।
साथै दुवै जनामा कोरोना भाइरसको संकेत देखिएको छैन । उनीहरुमा माईल्ड खालको कोरोना भाइरसको संक्रमण भएको जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS