IME Life

कोरोना बीमाको दावी भुक्तानी बक्यौता ५१ करोड ८८ लाख पुग्यो, पाँच हजारबढिको भुक्तानी बाँकी

SPIL
NIC ASIA

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी हुन बाँकी रकम ५१ करोड ८८ लाख रुपैयाँ नाघेको छ । कोरोना बीमा पुलका अनुसार शुक्रबार विहानसम्मको तथ्याङ्क अनुसार पाँच हजार तीन सय ६१ जनाको कोरोना बीमा दावी भुक्तानी बाँकी छ । हालसम्म छ हजार १७८ जनाको बीमितिले कोरोना बीमाको दावी भुक्तानीको लागि पेश गरेकोमा हालसम्म ८१७ जनाले मात्रै दावी भुक्तानी पाएका छन् । बीमा समितिले कोरोना बीमाको दावी भुक्तानीमा विविध अबरोध सिर्जना गरेकोले ठूलो संख्यामा कोरोना बीमितले दावी भुक्तानी पाउन सकेका छैनन् ।

कोरोना बीमाको दावी भुक्तानीको लागि परेको आवेदन सात हजार पुग्नै लागेको अनुमान गरिएको छ । बीमा पुलमा राष्ट्रिय कम्पनीको तथ्याङ्क अपडेट भएको छैन । राष्ट्रिय बीमा कम्पनीको तथ्याङ्क अद्यावधिक गर्दा सात हजार पुग्ने अनुमान गरिएको छ । कोरोना बीमा मापदण्ड २०७७ मा एक अर्ब रुपैयाँसम्मको दायित्व मात्रै बीमा कम्पनीले व्यहोर्नेछन् । बाँकी दायित्व कसले व्यहोर्ने भन्नेमा विवाद कायमै छ । कोरोना बीमाको बक्यौता धेरै बाँकी रहँदा आगामी दिनमा दावी भुक्तानीमा थप जटिलता सिर्जना हुने देखिएको छ । कोरोना बीमा दावी भुक्तानीमा भएको ढिलाईबारे बीमा समिति मौन रहँदै आएको छ ।

Prabhu
Crest

कोरोना बीमा गर्नेको संख्या पनि बृद्धि भएको छ । पछिल्लो तथ्याङ्क अनुसार कोरोना बीमा गर्नेको संख्यामा अझै बढिरहेको छ । हालसम्म १३ लाख ९२ हजार ७८२ जना कोरोना बीमालेखबाट संरक्षित भएका छन् । गत भदौं २९ गते बीमा समितिले कोरोना बीमा पोलिसी र कोरोना बीमा मापदण्ड २०७७ र्संशोधन गरेपछि कोरोना बीमा पोलिसी बिक्री हुन छोडिसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS